प्लास्टिक व्यवस्थापन गर्न पोखराको साझेदारी युएनडिपीसँग

पोखरा – सहरी क्षेत्रको फोहोर व्यवस्थापन स्थानीय सरकारको टाउको दुखाइको विषय बनिरहेको छ।

प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने भए पनि स्थानीय सरकारले ध्यान दिएका छैनन्। दैनिक अत्याधिक संकलन हुने प्लास्टिकजन्य फोहोर पुनःप्रयोग गर्ने विकल्प हुँदाहुँदै पनि व्यवस्थापनमा चुनौती थपिएको छ। यो चुनौतीबाट भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिका पनि अछुतो छैन।

स्थायी डम्पिङ साइटको व्यवस्थापन गर्न चुकिरहेको पोखरा महानगरपालिकाको एउटा वडाले भने प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न दातृ निकायसँग सम्झौता गरेको छ। दातृ निकायसँगको सम्झौतामा झन्डै ८० लाख रुपैयाँको परियोजना सञ्चालन हुनेछ।

प्लास्टिक व्यवस्थापन परियोजनाका लागि पोखरा महानगरपालिका–१२ ले युएनडीपी, सेन्टर फर इनर्जी एण्ड इनभायरमेन्ट नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिसँग मंगलबार सम्झौता गरेको हो। पोखरा महानगरपालिकाकोतर्फबाट मेयर धनराज आचार्य, वडाध्यक्ष सन्तोष बास्तोला र यूएनडिपीको जिइएफ एसजीपी परियोजनाका देशीय संयोजक विवकेधर शर्मालगायत सरोकारवाला संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतामा वडामा अहिलेको फोहोरमैला व्यवस्थापनको अवस्था, प्लास्टिकको प्रयोग, वडाबासीको धारणाको प्रारम्भिक सर्वेक्षण गर्ने उल्लेख छ। ‘फोहोरमैला व्यवस्थापनमा शून्य प्लास्टिकको योजनालाई विकास र कार्यान्वयन गर्ने’, सम्झौतामा भनिएको छ।

प्लास्टिकजन्य पदार्थ न्यूनीकरण, त्यसको पुनःप्रयोग र विकल्पमा वातावरणमैत्री स्थानीय सामाग्रीको प्रयोगबारे सचेतना जगाउने शर्तसहित सम्झौता भएको हो।

यो परियोजनाले वडाभरका पसल, सामान बिक्री केन्द्रमा वातावरणमैत्री कपडाका झोला, बायोडिग्रेडेवल झोलाको अनिवार्य प्रयोगसम्बन्धी नीति बनाएर कार्यान्वयन आउने अपेक्षा गरेको छ।

परियोजनाअन्तर्गत नै मोबाइल खानेपानीको व्यवस्था गरिने छ। जसले गर्दा प्लास्टिकका बोतलको प्रयोग कम गरी एउटै बोतलमा पानी भर्दै खाने बानीको विकास हुनेछ।

प्लाष्टिकको प्रयोग न्यूनीकरण, पुनःप्रयोग, विसर्जनको उपायहरुको आविष्कार गरी विस्तृत कार्ययोजना बनाउने, नीतिगत तहमा नै प्लास्टिकको उत्पादन र प्रयोगबारे सचेतना फैलाउने सम्झौता भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए। ब्लु वेस्ट टु भ्यालुका सिइओ नविनविकास महर्जनले परियोजनामार्फत प्लाष्टिकको प्रयोगमै कमी ल्याउने बताए। ‘बिक्री नहुने र कामै नलाग्ने प्लाष्टिकहरु जुन भ्यालुलेस किसिमले फ्याँकिन्छ, त्यसबाट बाटो, इँट्टालगायतका विभिन्न सामानहरु बनाउने छौँ’, महर्जनले भने, ‘बनाउने मात्रै होइन, कसरी बनाउने भन्ने प्रदर्शन हुन्छ।’

पोखरा महानगरसँगको समन्वयमा २ सय मिटरको सडक प्लाष्टिकले कालोपत्रे गरिने उनले जानकारी दिए। पोखरा यसअगाडि नै काने झोला निषेधित सहर घोषणा गरेपनि कार्यन्वयन भने भएन।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago