बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ ।
बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिनु भयो । सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो ।
सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचनअघि फागुन २० गते विहान ९ बजेदेखि कलश यात्रासहितको नगरपरिक्रमा तय गरिएकोछ । नगरपरिक्रमा र सप्ताहव्यापी कथा प्रवचनमा सहभागी भइदिन बिर्तामोड र छिमेकी नगरबासीमा आयोजक समितिले आग्रह गरेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुष्ठानको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…