त्रिभुवन आर्मीले जित्यो प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि

झापा, ट्राइब्रेकर मार्फत जित निकाल्दै प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले उचालेको छ । मेची रंगशालामा भरखरै सम्पन्न खेलमा पेनाल्टी शुट आउट मार्फत मछिन्द्रलाई ४-३ ले पराजित गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुने सकेन, खेल अतिरिक्त समयतर्फ धकेलियो ।दुवै तर्फबाट भएका अनेक प्रयास विफल भए ।

तर १४ मिनेट थप गरिएको अतिरिक्त समयमा समेत गोल नभएपछि खेलको निर्णय ‘पेनाल्टी सुट आउट’बाट लिनुपरेको हो । जसमा आर्मीले संघर्षपुर्ण जित निकाल्दै उपाधि उचाल्न सफल बन्यो ।

उपाधिसगैँ आर्मीले नगद १३ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेतामा सिमित बनेको मछिन्द्रले नगद ७ लाख ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

गत ७ गतेबाट जारी गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको थियो ।

खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले नगद २५ हजार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार प्रदान गरेका थिए ।
यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago