पाल्पा : प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उद्देश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको छ । स्याङ्जाको गल्याङ् नगरपालिका-१ मालुंगा स्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) सञ्चालन गरिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।
चिकित्सालयको स्याङ्जाका संघीय सांसद धनराज गुरुङले उत्तरबाहिनी क्षेत्रमा शिलान्यास गर्नुभयो । गुरुङले भवन सहित उपचार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । चिकित्सालयको संघीय सरकार र गल्याङ् नगरपालिकाको संयुक्त आयोजनामा निर्माण हुनेछ भने उक्त भवन गल्याङ नगरपालिकाले सञ्चालन गर्ने छ ।
प्राकृतिक पद्धतिबाट गरिने उपचार केही लामो समय लाग्छ । तथापी दीर्घकालीन रुपमा फाइदा हुने हुन्छ । प्राकृतिक चिकित्सालय स्थापनाका लागि भवन निर्माण कार्य थालिएको छ । ‘तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी देखिएको छ।’ प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले भन्नुभयो ।
प्राकृतिक उपचार अन्तर्गत पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाज, लगायतका प्राकृतिक उपचार पद्धति पर्दछन । अहिले उत्तरबाहिनि क्षेत्रमा योग शिविर, धार्मिक अनुष्ठानसहित संस्कृत शिक्षा समेत उपलब्ध हुँदै आएको छ।
यसै आथिर्क वर्षमा निर्माण कार्य सक्ने गरी सुविधा सम्पन्न भवन र २ करोड १२ लाखको लागतमा झण्डै २४ कोठे सुविधा सम्पन्न भवन निर्माण हुनेछ । कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा भवन बन्नेछ । उत्तरबाहिनी क्षेत्र पाल्पाको रम्भा गाउपालिका संग जोडिएको क्षेत्र हो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…