पाल्पा : प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उद्देश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको छ । स्याङ्जाको गल्याङ् नगरपालिका-१ मालुंगा स्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) सञ्चालन गरिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।
चिकित्सालयको स्याङ्जाका संघीय सांसद धनराज गुरुङले उत्तरबाहिनी क्षेत्रमा शिलान्यास गर्नुभयो । गुरुङले भवन सहित उपचार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । चिकित्सालयको संघीय सरकार र गल्याङ् नगरपालिकाको संयुक्त आयोजनामा निर्माण हुनेछ भने उक्त भवन गल्याङ नगरपालिकाले सञ्चालन गर्ने छ ।
प्राकृतिक पद्धतिबाट गरिने उपचार केही लामो समय लाग्छ । तथापी दीर्घकालीन रुपमा फाइदा हुने हुन्छ । प्राकृतिक चिकित्सालय स्थापनाका लागि भवन निर्माण कार्य थालिएको छ । ‘तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी देखिएको छ।’ प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले भन्नुभयो ।
प्राकृतिक उपचार अन्तर्गत पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाज, लगायतका प्राकृतिक उपचार पद्धति पर्दछन । अहिले उत्तरबाहिनि क्षेत्रमा योग शिविर, धार्मिक अनुष्ठानसहित संस्कृत शिक्षा समेत उपलब्ध हुँदै आएको छ।
यसै आथिर्क वर्षमा निर्माण कार्य सक्ने गरी सुविधा सम्पन्न भवन र २ करोड १२ लाखको लागतमा झण्डै २४ कोठे सुविधा सम्पन्न भवन निर्माण हुनेछ । कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा भवन बन्नेछ । उत्तरबाहिनी क्षेत्र पाल्पाको रम्भा गाउपालिका संग जोडिएको क्षेत्र हो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…