नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ।

गत पुस २९ गते ‌औपचारीक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवकाे जिम्मेवारी दिन लागेकाे हाे। उनी सुरुमा सचिवालय सदस्यकाे जिम्मेवारीमा पार्टी प्रवेश गरेका हुन्। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो।

ती पदाधिकारीका अनुसार २१-२२ माघमा बोलाइएको बैठकबाट भुसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ। २०७१ को नवौँ महाधिवेशनबाट भुसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए। तर गतवर्ष मंसिरमा सम्पन्न एमालेको दसाैँ महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भए।

एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। तर गत २३ असोजमा भुसालले एमाले परित्याग गरी रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यद्यपि, चुनाव जित्न भने सकेनन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago