दाँत कीराले खाएमा उखेल्नु उचित कि सिमेन्ट भर्नु ?

पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ ।

स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ ।

दाँतमा कीरा लाग्ने कारण

दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । चिनीजन्य खानेकुरा अत्यधिक खाँदा दाँतमा अड्किने, टाँसिने, चिउरा, रोटी, चाउचाउ, बिस्कुट जस्ता अन्य खानेकुरा खाएपछि मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ ।

दाँतमा अड्किएर बसेको जीवाणु सडेपछि त्यसले एसिड उत्पादन गर्छ । त्यो खानेकुराले बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ र दाँतमा भएको खनिज खिइँदै जान्छ । खनिज दाँतलाई बलियो बनाइराख्ने तत्व हो ।

दाँत खिइँदै पनि जाने भएकाले खानेकुरा झनै अड्किंदै जान्छ । कीरा लाग्दै गयो तर सरसफाइमा ध्यान दिएन, दन्त परीक्षण गराइएन भने दाँतको भाग खिइँदै गएर दाँतमा खाल्टो पर्न जान्छ । खाना अड्किने क्रम बढ्दै गएपछि त्यसलाई निकाल्न टुथपिक जस्ता वस्तु प्रयोग गर्नुपर्छ । कीरा लागेको दाँतको नसासम्म पुग्छ र दाँत दुखेको महसुस हुन्छ ।

दाँतमा कीरा लागेपछि

दाँतमा कीरा लागेको जति छिटो थाहा पायो त्यति नै उपचार सहज र प्रभावकारी हुने भएकाले सकेसम्म ६ महिनामा एकपटक वा वर्षको एकपटक दन्त परीक्षण गराउनुपर्छ ।

दाँतमा कीरा लाग्न थालेपछि दाँतको सतह कालो हुँदै जान्छ । दाँतमा भर्खरै कीरा लाग्न थालेको छ भने सिमेन्ट लगाएर भर्न सकिन्छ । त्यस्तै कीरा लागेर दाँत खाल्डो भइसकेको छ भने दुई चरण गरेर सिमेन्ट लगाउन सकिन्छ ।

दाँत दुखेको, सुन्निएको र हल्लिएको छ भने दाँतलाई जरासम्म कीराले खाइसकेको बुझ्न सकिन्छ । त्यसका रुट क्यानल उपचार (आरसीटी) गर्नुपर्ने हुन्छ । यो जरासम्म उपचार गर्ने विधि हो, सिमेन्ट भर्ने जस्तो सहज हुँदैन । आरसीटी उपचारको प्रक्रिया केही लामो पनि हुनसक्छ ।

कीराले खाएर पनि दाँत र गिजाको केही टुक्रा मात्र छ भने पनि त्यसको बचाउको लागि उपचार गर्न सकिन्छ । पहिला आरसीटी गरिसकेपछि  दाँतको भित्रपट्टि पिल्लर जस्तो सपोर्टको रुपमा पोस्ट एण्ड कोर ठड्याउने गरिन्छ । त्यसको माथिपट्टि दाँतको आकारमा सिमेन्ट भरिन्छ । पोस्ट एण्ड कोर फ्लोरोराइडयुक्त प्रिफेब्रिकेटले बनेको हुन्छ । यो पद्धति पनि उपचार गराउन सम्भव नभएको अवस्थामा अन्तिम विकल्प दाँत झिक्ने हुन्छ । त्यो भनेको एक्स–रे गरेर हेर्दा हड्डी र गिजाको तह नै नभएको खण्डमा दाँत निकाल्ने अवस्था आउँछ । जुन विरलै हुन्छ ।

दाँतमा सिमेन्ट कसरी भर्ने ?

कीराले खाएको दाँत विभिन्न फ्लोराइडयुक्त सिमेन्टले भरिन्छ । फ्लोराइडयुक्त सिमेन्टले दाँतलाई कीरा लाग्नबाट बचाउँछ भने खनिजको अभाव हुन पनि दिंदैन ।

बच्चामा ग्लास आइनोमर सिमेन्ट जीआईसी भन्ने सिमेन्टले दाँत भरिन्छ । यो कीराले पार्ने क्षतिविरुद्धको लडाइँमा ठूलो भूमिका खेल्छ । यसले फ्लोराइड प्रदान गर्ने भएकाले दाँतलाई कीराले खाने सम्भावना निकै कम हुन्छ ।

वयस्कहरुमा कम्पोजिट भन्ने सिमेन्ट भरिन्छ । यो भरिसकेपछि सिमेन्ट दाँत जस्तै देखिने र बलियो भएकाले कम्पोजिट रुचाउँछन् । जुन पानी र र्‍यालसँग पनि नघुलिने हुन्छ । कम्पोजिट विभिन्न प्रकारको हुन्छ । सबैभन्दा राम्रो मानिएको कम्पोजिट ब्युटीबोन्ड कम्पनीको हो ।  पहिला भने चाँदीको सिमेन्ट भर्ने पनि चलन थियो । शरीरको लागि हानिकारक तत्व मर्क्युरी हुने भएकाले अहिले त्यो पद्धति अपनाँदैन ।

दाँत भर्दा कति प्रभावकारी ?

सिमेन्ट भरेपछि पहिलेजस्तै दाँत बलियो हुँदैन, तर दाँत भर्नु प्रभावकारी उपचार भने हो । यसको लागि सकेसम्म आफ्नो दाँत सफा र स्वस्थ बनाउन ध्यान दिनुपर्छ । दाँत भरेकाहरुले पनि दाँतको सरसफाइ र हेरचाहमा ध्यान दियो भने धेरै समयसम्म सिमेन्ट रहन सक्छ । त्यसैले सिमेन्ट भरेको यति टिक्छ भन्ने किटान गरिएको हुँदैन तर जति धेरै कीराले खाएको ठाउँ सिमेन्टले भरिएको छ ।

त्यति सिमेन्ट निस्कने सम्भावना हुन्छ । त्यसैले सिमेन्ट निस्कियो भने आत्तिनु पर्दैन । तर जति सक्दो चाँडो पुनः सिमेन्ट भर्नुपर्छ । सिमेन्ट भर्न जति ढिला गर्‍यो, त्यति दाँत कमजोर हुन्छ ।

कीरा लाग्न नदिने उपाय

दिनको दुईपटक दाँत माझ्नुपर्छ । खासगरी खाना खाएपछि बिहान र बेलुका फ्लोराइडयुक्त मञ्जन प्रयोग गरेर नरम ब्रसले दाँत माझ्नुपर्छ । सकिन्छ भने दिनको दुईपटक डेन्टल फ्लसले फल्स गर्नुपर्छ । दिउँसोको समयमा खाजाको रुपमा जंकफुड खाएपछि टाँसिने हुँदा सम्भव भएसम्म मुख कुल्ला गर्नुपर्छ ।

दाँत सफा राख्ने कुरा बढी गरिन्छ तर जिब्रोको बारेमा खासै ध्यान दिइँदैन । जिब्रो फोहोर भयो भने पनि श्वास गन्हाउने, मुख दुर्गन्धित हुन्छ । त्यसैले ब्रस गर्दा हरेक पटक जिब्रो पनि टंग क्लिनरले सफा गरेमा मुख तथा दाँत स्वस्थ रहन मद्दत पुग्छ ।

पान, चुरोट, पराग दाँत र गिजाको शत्रु जस्तै हुन् । यसले दाँतको इनामेल जाने, कीरा लाग्ने र गिजासम्म असर पार्ने भएकाले सकेसम्म यी कुरा खानु हुँदैन ।

दाँतमा समस्या भएपछि होइन, समस्या नै आउन नदिन ६ महिनामा एकपटक दन्त परीक्षण गराउनुपर्छ । दाँतमा कीरा लागिसकेको छ भने छिट्टै भर्नुपर्छ । कीरा लागेर जति खाल्डो भयो त्यति दाँत कमजोर हुँदै जान्छ ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal
Tags: कीरा लाग्ने र गिजासम्म असर पार्ने भएकाले सकेसम्म यी कुरा खानु हुँदैन । दाँतमा समस्या भएपछि होइनचाउचाउचिउराचुरोटटाँसिनेदाँत कीराले खाएमा उखेल्नु उचित कि सिमेन्ट भर्नु ?दाँतमा कीरा लाग्ने कारण दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । चिनीजन्य खानेकुरा अत्यधिक खाँदा दाँतमा अड्किनेपराग दाँत र गिजाको शत्रु जस्तै हुन् । यसले दाँतको इनामेल जानेबिस्कुट जस्ता अन्य खानेकुरा खाएपछि मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ ।मुख दुर्गन्धित हुन्छ । त्यसैले ब्रस गर्दा हरेक पटक जिब्रो पनि टंग क्लिनरले सफा गरेमा मुख तथा दाँत स्वस्थ रहन मद्दत पुग्छ । पानरोटीसमस्या नै आउन नदिन ६ महिनामा एकपटक दन्त परीक्षण गराउनुपर्छ । दाँतमा कीरा लागिसकेको छ भने छिट्टै भर्नुपर्छ । कीरा लागेर जति खाल्डो भयो त्यति दाँत कमजोर हुँदै जान्छ ।सुन्निएको र हल्लिएको छ भने दाँतलाई जरासम्म कीराले खाइसकेको बुझ्न सकिन्छ । त्यसका रुट क्यानल उपचार (आरसीटी) गर्नुपर्ने हुन्छ । यो जरासम्म उपचार गर्ने विधि हो

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago