नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने

२०७९, १२ माघ बिहीबार १८:२२

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ।

गत पुस २९ गते ‌औपचारीक रुपमा एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवकाे जिम्मेवारी दिन लागेकाे हाे। उनी सुरुमा सचिवालय सदस्यकाे जिम्मेवारीमा पार्टी प्रवेश गरेका हुन्। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो।

ती पदाधिकारीका अनुसार २१-२२ माघमा बोलाइएको बैठकबाट भुसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ। २०७१ को नवौँ महाधिवेशनबाट भुसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए। तर गतवर्ष मंसिरमा सम्पन्न एमालेको दसाैँ महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भए।

एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। तर गत २३ असोजमा भुसालले एमाले परित्याग गरी रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यद्यपि, चुनाव जित्न भने सकेनन्।

Comments

ताजा खबर