जापानमा स्नातकोत्तर गर्नका लागि कुनै पनि संकायमा ब्याचलर उत्तीर्ण गरेका विद्यार्थीले पाउने

आईएलटीएस आवश्यक नभएको र अंग्रेजी माध्यमबाट जुनसुकै संकाय पढे पनि जापानमा स्नातकोत्तर पढ्न पाउने KCGI कलेजका Chief of International Student Recruiting office मा कार्यरत आनन्द नेपालले आज बिर्तामोटमा शैक्षिक परामर्शमा कार्यक्रममा बताउनुभएको छ।

शैक्षिक क्षेत्रमा बृहत् अनुभव भएका  नेपालले जापानी उच्च शिक्षाको जटिलता, छात्रवृत्तिका अवसरहरू र  शैक्षिक जीवनलाई आकार दिने सांस्कृतिक सूक्ष्मताहरूबारे अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सी द्वारा आयोजित शैक्षिक परामर्शमा कार्यक्रममा बताउनुभएको छ। स्नाकोत्तर पास  भइसकेपछि पीएचडीको लागि पनि सहयोग गर्ने उहाँले बताउनुभयो अध्ययन गरिसकेपछि २ लाख ६० हजारदेखि माथि ५ लाखसम्म तलब हुने उहाँले बताउनुभएको छ।  स्नाकोत्तरमा AI  सम्बन्धी र अन्य विविध सम्बन्धी पढ्न सकिनेछ।साथै विद्यार्थीलाई पहिलो वर्ष १००% छात्रवृत्ति प्रदान गरिनेछ। अध्ययन गर्ने विषयहरूमा

AI / Data science / Web systems Development/ Enterprises resources Planning / Manga and Anime 

Network Administration / Global entrepreneurship /It tourism रहेका छन्

शैक्षिक परामर्शमा कार्यक्रममा झापाका विभिन्न स्थानबाट विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको थियो। अब AI को जमानामा हामीले इन्फर्मेसनलाई प्रयोग  गरेर देशलाई अगाडि बढाउन सक्छौं। यो अपहार्य हो त्यसैले दुई वर्ष पढिसकेपछि आफ्नै देशमा केही गर्न या जापानमै बसेर पनि काम गर्न सकिने भएकोले यो एकदमै महत्वपूर्ण भएको र शिक्षाको स्तर उन्नति गरी आफूले केही गर्न सक्ने सक्षम हुने भएको अर्बन स्पेसका सञ्चालक तुलसी पाठकले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago