आदर्श चोकमा फोहोर फ्याल्ने डस्टविनको व्यवस्था, धौला पुल पश्चिम रात्रिकालीन गस्ती

कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड–९ नडियाबारीको आयोजनामा बिर्तामोड –३ स्थित आदर्श चोकमा फोहोर फ्याल्ने डस्टविनको व्यवस्था गरिएको छ ।भद्रपुर बिर्तामोड राजमार्ग को मेची आखाँ अस्पताल छेउमै रहेको हल्दिवारी जाने सडकको चोक दुर्गन्धित नबनोस् भनी प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि आदर्श चोकमा डस्टविनको व्यवस्था गरिएको मन्दिर समितिका अध्यक्ष युवराज रोक्काले बताए। कालीमाता मठमन्दिर ब्यवस्थापन समितिले त्यस किसिमको डस्टविन यसअघि काली मन्दिर अगाडि पनि राखिएको छ ।

बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले आदर्श चोकमा राखिएको डस्टविनको उद्घाटन गरे, साथै वडाध्यक्ष  बुढाथोकीको पहलमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ द्वारा धौला पुल नजिकै सडक छेउमा फालिएको फोहोर सरसफाई गरी फोहोर आगो लगाएर नष्ट गरिएकोएको छ। कार्यक्रममा मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकी ,सचिव जगत कटुवाल, सदस्य गणेश उप्रेतीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

 

यसैबीच सो समितिले बिर्तामोड बजारको फोहोर धौला पुल पश्चिम बिर्तामोड – भद्रपुर सडकको उत्तरपट्टी नालामा फोहोर फ्याल्ने गलत क्रियाकलाप बढेपछि त्यसलाई नियन्त्रण गर्न आफूहरुले टोलबाट रात्रिकालीन गस्ती थाल्ने अध्यक्ष रोक्काले बताए।  बिर्तामोड नगरपालिकाले नियमित रुपमा फोहोर संकलन गर्दै आएकोमा नगरपालिकाको ट्रयाक्टरलाई फोहोर दिन नसकेर राति सार्वजनिक बाटो, पैनीमा फोहोर फ्याल्ने जोकोही भएपनि कार्वाही गर्न समितिले माग गरेको अध्यक्ष रोक्काले बताए । उनले बजारको फोहोर गाउँमा फ्याल्ने बजारवासीहरुलाई असभ्य र फोहोरी व्यवहार नगर्न आग्रह गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago