कालीमाता मठमन्दिर ब्यवस्थापन समिति द्वारा क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

झापा । कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ नडियाबारीको आयोजना ,बिर्तामोड नगरपालिका ९ नम्बर वडा कार्यालयको सहकार्य एवम् बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगसम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय शान्ताकुमारी आचार्यको क्यान्सर रोगबाट निधन भएपछि कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ नडियाबारीले क्यान्सर रोगसम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम आइतवार सम्पन्न गरिएको हो। आज माघ ८ गते आईतबारका दिन दिउँसो ११ बजे बिर्तामोड–९, नडियाबारीस्थित खप्तडी बुढाथोकी भवनमा सो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नडियावारी टोल विकास संस्था , आदर्श किर्तन मण्डली समूह , टाँगावारी टोल विकास संस्था , पिपलचोक टोल विकास संस्था , आशिर्वाद किर्तन मण्डली समूह , हरिहर किर्तन मण्डली समूह ,पाथीभरा किर्तन मण्डली समूह , राधाकृष्ण किर्तन मण्डली समूह र गरमकाली किर्तन मण्डली समूहका महिलाहरुको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिका वडा न.९, नडियाबारीआसपास क्षेत्रमा रहेका टोल विकास संस्था तथा किर्तन मण्डलीका महिलाहरुलाई लक्षित गरी पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी सो जनचेतनामुलक कार्यक्रम बिएण्डसी अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टरडा. वीरेन्द्र भगतले सहभागी महिलाहरुलाई पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी जानकारी दिएका थिए । साथै माघ ९ गते कार्यक्रममा सहभागी महिलाहरुले फर्म भरेर बिएण्डसी अस्पतालमा निःशुल्क पाठेघर क्यान्सरको जाँच तथा परीक्षण गर्ने कार्यक्रम समेत रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष युवराज रोक्काले बताए ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रविन बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खप्तडी बुढाथोकी समाजका जिल्ला अध्यक्ष योगेन्द्र बुढाथोकी , बिएण्डसी अस्पतालका प्राविधिक सुमित श्रेष्ठ , बजार ब्यवस्थापक गोविन्द खनाल , डिजायनर – महोसिम महमद , कालीमाता मठमन्दिर ब्यवस्थापन समितिका संरक्षक पुण्यप्रसाद सुवेदीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन काजी बुढाथोकीले गरेका थिए ।

व्यवस्थापक समितिले सम्पूर्ण आगन्तुक तथा अतिथिहरुलाई खाजा पानीको व्यवस्था गरेको थियो, कार्यक्रममा १ सय ५० भन्दा बढी महिलाजनको उपस्थिति रहेको थियो । अन्य बिस्तृत जानकारी जानकारीको लागि कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ मा सम्पर्क गरेर थप सेवा जानकारी बारेमा बुझ्न अनुरोध गरेको समितिले बताएको छ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago