सामुदायिक सेवा केन्द्र पाल्पाको साधारणसभा सम्पन्न

पाल्पा । समाजमा प्रहरी र समुदाय बिच पुलको रुपमा रहेको संस्था सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको १२ औ साधारणसभा सम्पन्न भएको छ । सभाको अवसरमा प्रमुख अतिथीका रुपमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागी सबैको हितकारी संस्था सामुदायिक सेवा केन्द्र रहेको बताउनुभयो । प्रजीअ पन्तले थप सहजीकरण गर्न र संस्थाको गतिबिधी बढाउन आग्रह गर्नुभयो  । स्थापनाकालका पदाधिकारी तथा केन्द्रका संरक्षण जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले केन्द्रले गरेका कार्यको प्रसंशा गर्नुभएको थियो ।

बिक्रम सम्बत २०६४ सालमा स्थापना भएको संस्थाले समाजका बिकृती न्यूनीकरण गर्न कार्य गरेको छ । सामुदाय र प्रहरीको सहकार्यतामा केन्द्रले स्थानीय समुदायमा हुने घरेलु समस्या, स्वास्थ्य उपचारको लागी असहाय असक्तलाई सहजीकरण , शिक्षाको पहुचमा पुर्याउने, घरायसी झैझगडा न्यूनीकरण लाई सहजीकरण, सार्वजनिक यातायातका यात्रुका समस्याहरु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई परामर्श, विभिन्न सचेतनामुलक कार्यक्रम तथा बाताबरण सरसफाईका काम मठमन्दिर, सार्बजनिक स्थल खानेपानीका सार्वजनिक धाराको सरसफाइ लगायत समाजलाई हित हुने कार्य गरिरहेको छ ।

केन्द्रको मुख्य आयश्रोत आजिवन सदस्यबाट आम्दानी भएको रकम र बैंकबाट प्राप्त ब्याज रहेको छ । तानसेन नगरपालिकाको सहयोगमा भवनको पुननिर्माण  भएको छ । केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रको वार्षिक साङ्गठनिक प्रतिबेदन सचिब कमल तिमिल्सिना र आर्थिक प्रतिबदेन कोषाध्यक्ष राजेश भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रको चौथो अधिबेशनबाट जय प्रकाश उप्रेतीको अध्यक्षतामा निर्बिरिध १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago