दरबार परिसरमा डोजर, ५७ घरटहरा भत्काउदै तानसेन सरकार

पाल्पा ।

पाल्पा दरबार परिसरलाई सौन्दर्यता बनाउन र विश्व सम्पदा सूचीमा पार्ने योजना सहित नगरपालिकाले मखनटोल, शीतललपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काएकाे छ । दरबार संग्रहालय बाहिरका संरचना डोजर लगाएर भत्काएको छ । दरबार  संग्रहालय परिसरको पूर्व र उत्तर तर्फका पसल संचालन भइरहेका ५७ घर टहराहरू  नगरपालिका सहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको हो ।

तानसेन नगरपालिकाले ३ वटा डोजर प्रयोग गरी दरबार परिसरमा रहेका पसल भत्काएको हो । पसल भत्काउन तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादव सिंह कार्की सहित जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहभागी भएका थिए । तानसेन नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेर घर टहरा खाली गर्न भनेको थियो । म्याद समाप्त भए लगत्तै ३६ औ दिनको बिहानै डोजर लगाएर भत्काएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago