आमाको मुखहेर्ने दिन, माता औंशी

प्रकाश न्यौपाने, पाल्पा

२०८० साल बैशाख ७ गते बिहिवार अमावाश्या , मातातिर्थस्नान” आज विशेष आमाको मुख हेर्ने अर्थात अौशिलाइ पितृको तिथि मानिन्छ । बैदिक सनातन धर्म ग्रन्थमा “जननी जन्मभुमिश्व स्वर्गादपि गरियसी ”
अर्थात जन्मदिने आमा र जन्मभुमिको महत्त्व दर्शाएको छ । सन्तान लाई नौ महिना सम्म धारण गरि जिबनदिने भएकोले आमाको महत्त्व अरुभन्दा धेरै छ । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात गुरुआमा समेत हुन्छिन ।

शास्त्रमा उल्लेख गरे अनुसार प्रत्येक नरनारिले जिबनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नेपर्छ भनीएको छ ।
पितृ ऋण तिर्न मातापितालाई जिवित हुदा सम्मान पुर्वक खुशि राख्ने र मृत्युपश्यात श्राद्दपुर्वक श्राद्द गर्नुपर्ने शास्त्रीय बिधान छ।

“कुपुत्राे जायते क्वचिदपि कुमता न भवति ”
छोराछोरी नराम्रा भएपनि सबैलाई सन्तानका रुपमा माया गर्छिन । बैशाखकृष्ण अौशिका दिन मनाइने आमाको मुख हेर्नेपर्व आज जन्मदिने आमालाई मिठा मिठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइन्छ । विशेष आमा बाबा नभएकाहरुले आजको दिन गङ्गा वा तलाउमा गइ स्नानगरि आमाबाबालाई तर्पण र पिnडसहित श्राद्द तथा पुरोहितलाई सिदादान सहित भोजन गराइ , पितृसुतक रामगिता पाढ गरि पितृको दिवङ्गत आत्मको कामना गर्दै आशीर्वाद माग्न सकिन्छ ।
त्यसमा अझ अौशिमा जन्मेको छ भनी त्यसको निवारण गर्नको लागि गाइलाई चना गुण खुलाउनि र अौशि दोष निवारण गर्न सकिन्छ।
बाबा आमालाई आश्रम होईन न्यानो माया दिनसक्नुपर्छ फेसबुक र टिकटकमा फोटाे पोस्ट गरेर मात्र आमा बाबाको सम्मान हुदैन। त्यसकारण आमाबाबा भन्ने शब्द नै आफैमा कति महत्त्व छ भन्ने बुझ्न अति जरुरी छ ।। ॐ !!

सम्पूर्ण आमाहरुलाइ नमन !!
आमाको मुख हेर्ने दिन सम्पूर्णलाई शुभकामना ।।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago