रास्वपाकी इन्दिराले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ- सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरलले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार रानाले उपसभामुखको पदको उम्मेदवारी संसद सचिवालयमा दर्ता गराएकी हुन्।

रानाको प्रस्तावकमा रास्वपा नेत्री सोविता गौतम छन् भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, नेकपा माओवादी केन्द्रकी नेत्री नारायणी शर्मा,  एमालेका कृष्ण गोपाल श्रेष्ठ छन्। उपसभामुखकाे उम्मेदवारी दर्ता आज दिउँसाे १ बजेदेखि बेलुका ४ बजेसम्म हुँदैछ।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार निर्वाचित भइसकेका छन्। उपसभामुखकाे निर्वाचन भाेलि शनिबार हुनेछ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago