मदिरा सेवन गरेर यात्रुबस चलाउने चालकलाई अभद्र ब्यवहारको मुद्धा

एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।

भबिन्द्र गौतम, पाल्पा ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेको संख्या बढेसङ्गै पाल्पामा चेकजाँचलाई कडाई गरिएको छ । चेकजाँचक क्रममा तानसेन बाट प्रभास तर्फ जाँदै गरेको यात्रुबाहक बसका चालकलाई बर्तुङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उनले मदिरा सेवन गरेर बस चलाएका थिए । तानसेन बुटवल रुटमा चल्ने बसका चालक नै मादक पदार्थ सेवन गरेको भेट्टाइए पछि ट्राफिक प्रहरी अचम्मित पर्यो । ट्राफिक प्रहरीको पहुच नपुग्ने ग्रामिण क्षेत्रमा चल्ने सवारीका चालकले झनै लापरबाही गर्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ल बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाका अनुसार मदिरा सेवन गरेर सवारी चलाएका लु१ख ४६३६ का चालक मीन बहादुर सारुलाई अभद्र ब्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा पहिलोपटक ७ दिनको म्याद थप गरी मुद्दा दर्ता भएको हो ।

के छ कानुनी कारवाही
अभद्र ब्यवहार अन्तर्गत मुलुकी अपराध सहिता २०७४ को दफा ११८ मा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।

चेकजाँचलाई तिब्रता

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्वेश्यले मापसे चेकजांच लाई कडाईका साथ लागू गरेको छ । गत हप्ता तानसेनको प्रभास चोक र रामपुरमा चेकजाच गर्ने क्रममा निजि सवारीसाधन चलाउने ८ जना चालक कारबाहीमा परेका छन् । कारवाहीमा परेका सवारी चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को मा.प.से. बर्खिलाप अन्र्तगत पहिलो पटक रु १ हजार जरिवाना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्यांक रहेको छ ।
यसरी कारवाहीमा परेका सावारी साधनलाई अर्को चालक बोलाउन लगाएर मात्र सवारी जिम्मा लगाइको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सडक सुरक्षा सन्बन्धी बैठकले सडकमा हुने लापरबाही न्यूनीकरण गर्ने र मापसे गरेर सवारी चालाउने चालकलाई सक्त कारवाही गर्ने निर्णय गरेको थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago