बाआमा’ कृतिमाथि विमर्श तथा अन्तरक्रिया

माता, पिता, देवताका रूपमा रहेको तर समाजमा रहेको विभेदले घाेचिरहेकाे, मानिसले मात्र छाेराछाेरीमा भेदभाव गरेको कुरा संवेदनाका रुपमा बाआमा कृतिमा पाइन्छ ।

पाल्पा, २ माघ । धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे पछिल्लो आख्यानात्मक कृति ‘बाआमा’ माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै ‘बाआमा’माथि प्रकाश पार्ने काम गरे । ऐनाले समेटेको समाज र वर्गकाे सन्दर्भमा रामलालले न्याय गरेको सङ्केत उनले गरे । स्थापित लेखकलाई फरक विषयलाई स्थापित गर्नु आफैमा चुनाैती रहेको विचार उनले प्रस्तुत गरे । बाआमाभित्रका १२ वटा कथाहरूकाे विषयवस्तुगत भावलाई संक्षिप्तमा झल्काउने काम उनले गरे ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने काम टंक पन्थबाट पनि भयो । कृतिले समेटेको समकालीन सामाजिक तथा सांस्कृतिक समस्यालाई लेखकले उधिन्ने काम गरेको मर्मलाई उठान गिरियाे । सामाजिक, पारिवारिक संरचना विघटन हुँदै गएको सन्दर्भ पनि कृतिले उजागर गरेको कुरा प्रकाश पारियो । गीतकाे साङ्गीतिक छटा, कवित्वमय प्रस्तुति, निबन्धात्मक निजात्मकता र संवेदनात्मक अनुभूतिका साथमा आख्यानकाे संयाेजन गरिएको अवस्था उल्लेख गरियो । वर्तमानमा देखिएको पुस्तान्तरणकाे समस्यालाई कथाका रूपमा उन्ने काम भएको कुराका साथै यो कथा रामलाल जाेशीकाे मात्र नभई धेरै पाठकले आफ्नो ठान्ने तुल्याउनु नै लेखकीय सफलता हाे ।
समीक्षात्मक टिप्पणीपछि कार्यक्रममा फ्लाेरओेपन गरिएको थियो । लेखकलाई केका लागि लेख्नुहुन्छ ? प्रकाशितमध्ये तपाईंलाई मनपर्ने कृति कुन हाे ? भन्ने कुरा सहभागीहरूले जिज्ञासा राखे । राेहितप्रसाद ज्ञवाली, धातानन्द शर्मा, गा‌ैरभ न्याैपाने, पुष्कर आचार्यलगायतले कृतिको सन्दर्भमा प्रतिक्रिया जनाएका थिए ।
कार्यक्रममा शुभकामना दिने काम भयो । पत्रकार महासंघ नेपाल पाल्पाका पूर्व सभापति तथा साहित्यकार गाेविन्दप्रसाद भट्टराईले जिज्ञासासहित शुभकामना व्यक्त गरे । नारी स्रष्टा मन गहिरेले सखीकाे समीक्षा गरेको सन्दर्भ उठाई पाल्पालाई धनगढीले सम्झनुपर्याे भन्ने विचार व्यक्त गरिन् । राजेन्द्रगाेपाल सिंहले रामायण र महाभारत ग्रन्थहरूकाे सन्दर्भ उठाउन गरी लेख्नेमा मात्र महत्त्व नहुने रहेछ भन्ने कुरा उठाई आज समीक्षकहरूले कृतिको सन्दर्भ राम्रो गरी उठाएको कुरा उल्लेख गरे । साहित्यमा ज्ञानका कुराहरू खाेजाैँ अनि बहस गराैँ । कृति किनेर पढाैँ, लेखकलाई हाैसला बढ्छ भन्ने कुरामा उनले जाेड दिए। क्याम्पस प्रमुख तथा साहित्यकार टंकप्रसाद भट्टराईले पाल्पामा विभिन्न संस्थाहरूले साहित्यिक गतिविधि सञ्चालन गरिरहेकाे सन्दर्भलाई जाेडी धवल पुस्तकालयले यो कार्यक्रमकाे आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पछिल्लो कृति बाआमाका बारेमा सविस्तार सुन्याैँ, कृतघ्न सन्तान पनि समाजमा देखेको छु भन्ने कुरा उनलेे उल्लेख गरे । जल्दाेबल्दाे विषयकाे उठान गरेकोमा लेखकलाई बधाई तथा थप सफलताको शुभकामना व्यक्त गरे उनलेे ।
कार्यक्रमका विशेष आकर्षक व्यक्तित्व ‘बाआमा’ कृतिका लेखक रामलाल जाेशीले बीसौँचाेटि पाल्पा आएको तर साहित्यिक हिसाबले याे दाेस्राे आगमन रहेको सन्दर्भ उल्लेख गरे । याे अभियानमा घुम्दै गर्दा छब्बीसाैँ दिनमा पाल्पा आइपुगेकाे, यस क्रममा र सयाैँ दिग्गज व्यक्ति र प्रिय पाठकहरूसँग साक्षात्कार भएको कुरा उल्लेख गरे । यस यात्राले म देशकै मान्छे रहेँछु भन्ने अनुभूति भएको विचार पनि व्यक्त गरे । केही पाठकले अझै कृति पढिनसकेकाे पाएँ, पढ्नुहुनेछ भन्ने अपेक्षा छ । परिपक्व भइसकेपछि आख्यानमा हात हालेको र सुरुमा सुदूरपश्चिमलाई नै आधारभूमि बनाएर लेखेको यथार्थ उल्लेख गरे । ताना शर्माका निबन्धमा पश्चिमका शब्द र मर्म व्यक्त भएको र त्यसले आफूलाई आकर्षित गरेको यथार्थलाई उजागर गरे उनलेे । पूर्वले पश्चिमका शब्द र कथालाई हेर्न चाहेको रहेछ भन्ने कुरा ‘ऐना’बाट थाहा लाग्यो । ‘बाआमा’सम्म आइपुग्दा धेरै कुराहरू आएका छन् । यस क्रममा आलोचना र प्रशंसाहरू आएको कुराका साथमा यी कुरालाई सहज रूपमा लिएको आसय व्यक्त गरे । आफू सामान्य मानिस रहेको, कृतिको अध्ययन गरेका बृद्ध उमेरका व्यक्तिहरूले अँगालोमै हालेको सन्दर्भ अविस्मरणीय रहेको पनि उल्लेख गरे । यस्तै व्यक्तिहरूकाे छहारी पाएकाेमा गाैरव लागेको कुरा व्यक्त गरे । आजको दिनमा लेखकभन्दा पाठकहरू सचेत र अगाडि रहेको बताए उनलेे । लेखकहरू भूगोलमा गएर लेख्न सक्नुपर्छ । नेपाली लेखकहरू अनुसन्धानमूलक लेखनमा लाग्नुपर्ने कुरा उनले प्रकाश पारे । काेटिलामा स्कुल बनाउन स्वयं ढुङ्गा बाेक्न गएको र त्यसै स्कुलमा पढेको कुरा व्यक्त गरे । सात वर्षको उमेरमा बुबा बितेको, आमाले बा’का सबै कुरा दान गरेको तर बाकस चाहिँ दिनुभएनछ । त्यही बाकसमा रहेको बाबाको कविता स्कुलमा सुनाएको र २० रुपैयाँ पुरस्कार पाएको अनि त्यही उत्साहले मदनपुरस्कार समेत प्राप्त गरेको मर्म व्यक्त गरे उनले । ‘बाआमा’ लेखनकाे आधार बा’कै बाकस रहेको तथ्य प्रस्तुत गरे । किन लेखेँ ? नयाँ विषय नभए पनि साेचेँ माता, पिता, देवताका रूपमा रहेको तर समाजमा रहेको विभेदले घाेचिरहेकाे, मानिसले मात्र छाेराछाेरीमा भेदभाव गरेको कुरा संवेदनाले लेख्न प्रेरित गरेको मर्म व्यक्त गरे । आफ्नो कथा भन्न बाँकी रहेकोले त्यही कथा लेखेको यथार्थलाई उनले व्यक्त गरे । आफूभित्र पिरिएर रहेको पिलाे निचाेर्ने काम गरेको कुरा प्रस्तुत गरे । सबैका पिला निचाेर्न पुगेँछु भन्ने कुरा व्यक्त गरे । आजसम्म प्रकाशित कृतिहरूमा ‘बाआमा’ नै आफ्नो प्रिय कृति रहेको धारणा पनि राखे उनलेे ।
पुस्तकालयका अध्यक्ष युवराज पाैडेलले रामलाल जाेशीलाई धन्यवाद व्यक्त गरी ‘बाआमा’ पुस्तक पठनीय लागेकाे कुरा व्यक्त गरे । आफूले पनि उक्त कृति पढ्ने प्रतिबद्धता व्यक्त गरे उनलेे । अहिलेका सन्ततिकाे मानसिकता फरक रहेको सन्दर्भ पनि जाेड्ने काम गरे । उनले उपस्थिति सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिई कार्यक्रमकाे समापन गरे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago