औषधि व्यवसायी संघ झापाको (एनसिडिए) पद हस्तान्तरण, सम्पादक खरेललाई कदरपत्र

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो ।

कार्यक्रममा निर्वाचन समिति संयोजक नरेन्द्र बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएका थिए ।

निर्वतमान महासचिव जीवनकुमार खड्का र वर्तमान महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेका कार्यक्रममा निवर्तमान उपाध्यक्ष प्रदिप खरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एनसिडिए कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडा, केन्द्रीय सदस्य प्रदिपकुमार दास, संघको मेची शाखाका पूर्वअध्यक्ष राजेन्द्र ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा जीवनकुमार खड्का, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई, सचिवमा यज्ञराज कार्की र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल निर्वाचित भएका थिए ।

त्यस्तै, थोक सदस्यमा विप्लव लिम्बू, खुला सदस्यमा सुमन कोइराला, तथा खुद्रा सदस्यमा रेवती भण्डारी धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका थिए ।


यसैबीच, झापा टुडे डटकमका सम्पादक हिमाल खरेललाई पद हस्तान्तरण कार्यक्रममा कदरपत्र प्रदान गरिएको छ । दुई दशकदेखि पत्रकारितामा आबद्ध खरेललाई संघले आज बिर्तामोडमा कदरपत्र प्रदान गरेको हो ।

संस्थाको चौतर्फी विकास तथा जनसमक्ष सूचना पुर्याउन र गरिमा उच्च राख्न खेलेको महत्वपूर्ण भूमिकाको विशेष मूल्यांकन गर्दै उनलाई कदरपत्र प्रदान गरिएको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago