नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा खेलमा बिर्तामोड–१० विजयी बनेको हो ।

निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड ६ माथि बिर्तामोड–१० हावी भयो । दोस्रो हाफमा बिर्तामोड–१० लाई जित दिलाउन टिम कप्तान दिपेन राई र सौरव लिम्बूले एक–एक गोल गरे ।

दोस्रो हाफको १३ औं मिनेटमा पहिलो गोल गर्दै दिपेनले टिमलाई अग्रता दिलाएका थिए । एक शुन्यले पछि परेको बिर्तामोड–६ ले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो हाफको २७ औं मिनेटमा सौरव लिम्बूले थप एक गोल गरेपछि बिर्तामोड–६दुई –शून्यले पछि पर्यो । ‘डि’ एरियामा बिर्तामोड–६ का खेलाडी त्रिपेश बस्नेतले फल्ट गरेपछि बिर्तामोड–१० ले पेनाल्टीको अवसर पाएको थियो । राजकुमार कन्दङ्वाले प्रहार गरेको पेनाल्टी बिर्तामोड–६ का गोलकिपरले बचाउ गरेका थिए । त्यसलगत्तै मैदानमा आएको बललाई सौरव लिम्बूले गरेको प्रहार भने गोल भएको थियो ।

आजको खेलमा बिर्तामोड १० का कप्तान दिपेन राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोलि हुने पहिलो सेमिफाइनल खेल बिर्तामोड ४ र बिर्तामोड ५ बिच हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए ।

कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago