टोकियो । जापानमा बसोबास गरिरहनु भएका नेपाली लाई लक्षित गरि एक किनमेल एप्लिकेसन सञ्चालन गरिएको छ ।
जापानमा नेपाली लगायत बिभिन्न समुदायलाई किनमेल गर्न सहजता प्रदान गर्ने उदेश्यले तेतो तेतो (teto teto) एप सञ्चालन गरेको बताईएको छ ।
जापानमा आज पत्रकार सम्मेलन गरेर एप मार्फत जापानको जुनसुकै स्थानमा पनि नेपालि खाध्यन्न सामाग्रि अनलाईन मार्फत किनमेल गर्न सकिने कम्पनिका कार्यकारी निर्देशक तोरु मियाजावाले जानकारी दिनुभयो ।
साबिक आशा बजार नामबाट सञ्चालित एपलाई थप व्यवस्थित र दैनिक जिवनका आवश्यक सम्पुर्ण सामानलाई एकत्रित गरि थप सहज तरिकाले किनमेल गर्न सकिने गरि नयाँ रुपमा सञ्चालन गरिएको हो ।
ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार क्रेडिटकार्ड, कम्बिनियल स्टोर्स, नगदमा रकम भुक्तान गर्न सक्ने आशिस मानान्धरले जानकारी दिनुभयो । उहाँका अनुसार तेतो तेतो (teto teto) मार्फत जापानमा सञ्चालित विभिन्न हलाल फुडको सामानको गुणस्तर तथा मुल्य तुलना गरि किनमेल गर्न सकिने छ ।
एपका साथै नेपाली समुदायलाई सहजता प्रदान गर्नका लागि जापानमा काम गरि फिर्ता भएकाहरुको पेन्सन रकम फिर्ता सम्बन्धि सहयोग समेत गर्ने माया ओगासावाराले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको सञ्चालन प्रिया श्रेष्ठले गर्नुभएको थियो भने जापानमा उपलब्ध नेपाली सञ्चारमाध्यमका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…