काठमाडौं। म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहनुभएका खड्का म्याग्दीको बेनिमा शनिवार भएको पाचौं महाधिवेशन मार्फत आगामी दुई बर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
जापानमा रहेर व्यवसायसँगै सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहनुभएका सफल व्यवसायी खड्का गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रको उपसंयोजक समेत रहनुभएको छ ।
यसैगरि मोनाको पाचौं महाधिवेशनबाट व्यवसायी तथा सामाजिक अभियन्ताद्धय उपाध्यक्षमा दिपक कार्की, युवा संयोजकमा सचिन श्रेष्ठ समेत निर्विरोध निर्वाचीत हुनुभएको छ ।
अध्यक्षका प्रत्यासी मिम पुर्जाले उम्मेदवारी फिर्ता लिइ बरिष्ठताका आधारमा खड्कालाई अध्यक्षमा सहयोग गर्ने निर्णय गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…