झापा। बिर्तामोड वडा नम्बर ५ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अनारमनी डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड-५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–५ लाई जित दिलाउन विक्की चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९ औं मिनेटमा बिर्तामोड ७ विरुद्ध गोल गरेका थिए । उनको लामो प्रहार गोलरक्षकले बचाउन गर्न सकेनन् ।
आजको खेलमा बिर्तामोड–५ का खेलाडी विक्की चौधरी ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर १ र वडा नम्बर २ बीच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…