थोरै मासिक किस्ता तिर्दा पुग्ने ‘डबल च्यान एबीएस’ नेकेड स्ट्रीट फाइटर

काठमाडौं । यदि तपाई थोरै किस्ता रकम तिरेर डबल च्यानल एबीएस भएको नयाँ मोटरसाइकल किन्ने योजना बनाएर बस्नु भएको छ भने बजाजको एन १६० तपाईको रोजाई हुनसक्छ ।

स्पोर्टी लुक्स र उच्च पर्फमेन्स गर्ने मोटरसाइकल खोज्ने युवाहरुको लागि ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट तिरेको खण्डमा ब्याज तिर्नु नपर्ने स्कीममा पाउन सकिन्छ । यसरी मोटरसाइकल किन्दा थोरै किस्ता रकम तिर्दा पुग्ने र ब्याज पनि नलाग्ने भएको कारण आफ्नो आवश्यकता पुरा गर्न सहज हुन्छ ।

नेकेड स्ट्रीट फाइटर डिजाइनमा उपलब्ध बजाज एन १६० मोटरसाइकललाई आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ३ लाख ९३ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बजाज एन १६० बिक्री गर्दै आएको छ ।

यसलाई मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्ने ग्राहकले १ लाख ९६ हजार ९५० रुपैयाँ सुरुमा बुझाउनु पर्ने हुन्छ । साथै, बीमा र कर्जा प्रक्रियाको लागि थप रकम जम्मा गर्नुपर्छ ।

बाँकी रकम १८ महिनामा भुक्तानी गर्दा कुनै किसिमको ब्याज तिर्नु नपर्ने भएको कारण मासिक ९ हजार रुपैयाँ किस्ता वापत बुझाउँदा पुग्छ ।

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

बजाजले एन १६० सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको बजाज एन १६० मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago