अनलाइन न्यूजपोर्टलमाथिको विभेद अन्त्य गर्दै समान व्यवहार गर्न बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगरपालिका कार्यालयमा गएर आज अपरान्ह न्यूजपोर्टलका सञ्चालक तथा सम्पादकहरुले बिर्तामोडका मिडियाहरु माथि फरक फरक मापदण्ड बनाएर लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनुले आफूहरुलाई विभेद भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

प्रविधिको विकास र इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना र समाचार पढन, हेर्न र सुन्न चाहने भएका कारण अनलाईन सञ्चार माध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोडले भने अनलाइन सञ्चार माध्यमलाई विभेद गरेको उनीहरुको ठहर छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको उपस्थितिमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘‘अनलाइन सञ्चार माध्यमको बढ्दो लोकप्रियता र आवश्यकता भइरहेको परिवेशमा बिर्तामोड नगरपालिकाले अनलाइन सञ्चार माध्यम माथि गरेको व्यवहार विभेदपूर्ण भएको हामीले महसुस गरेका छौँ । छिमेकी पालिकाहरुले अपनाएको नीति र यस पालिकाको नीतिमा उल्लेख्य फरक पाइएको छ । तसर्थ बिर्तामोड नगरपालिकाले उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकम सबै सञ्चार माध्यमहरुका लागि समानुपातिक हुनुपर्नेमा हामी ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछौँ ।’

अनलाइनका सञ्चालकहरुले पनि अन्य सञ्चार संस्थाहरु सरह कानुन बमोजिम व्यवसाय दर्ता, नविकरण शुल्क भुक्तानीमा प्रतिबद्ध रहेको जानकारी गराउँदै उनीहरुले अनलाइन सञ्चार माध्यमलाई समान व्यवहार गरी यसमा कार्यरत पत्रकार तथा कर्मचारीको मनोबल बढाउन सविनय आग्रह र अनुरोध गर्दछौँ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बिर्तामोड नगर क्षेत्रभित्र रहेका १८ वटा अनलाइन न्यूजपोर्टलका सञ्चालक÷सम्पादकहरुले हस्ताक्षर गरेको सो ध्यानकर्षणपत्र साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहितको प्रतिनिधि मण्डलले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई बुझाएका हुन् । सो ध्यानाकर्षण पत्र परिवेश मिडियाका सम्पादक पुष्प खड्काले वाचन गरेका थिए ।

बिर्तामोड नगरपालिकाले पालिकामा व्यवसाय दर्ता गरी सूचिकरण गराएका सञ्चार माध्यमहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । तर त्यसबापत दिइने भुक्तानीमा अन्य सञ्चार माध्यमको तुलानामा अनलाइन सञ्चार माध्यमलाई अत्यन्त कम भुक्तानी दिने गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख प्रसाईले सबै सञ्चार माध्यमलाई समान रुपमा समेटेर लैजाने बताइन् । लोक कल्याणकारी विज्ञापनवापतको भुक्तानीमा फरक रहेको विषय जानकारी भएकाले बजेटको आकार हेरेर सम्बोधन गर्ने कुरामा आफू प्रतिबद्ध रहेको नगरप्रमुख प्रसाईले जनाइन् ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago