महेश बस्नेतको कार्यक्रममा पहिचानवादीहरूको ढुंगामुढा, दर्जन सवारीसाधनमा तोडफोड

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीबार अर्जुनधारा आएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रमस्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्।

बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका १३ वटा चारचक्के सवारीसाधन र करिव १५ वटा मोटरसाइकलमा क्षति पुर्याएका छन्।

प्रहरीकै सुरक्षा घेरामा युवा नेता बस्नेत कार्यक्रमस्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। राजधानीको एक होटेलमा बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए।

१३ वटा चारचक्के सवारी र करिव १६ वटा मोटरसाइकलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले तोडफोडमा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकिएको जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago