यी हुन १८ नयाँ फिचरबाट सुसज्जित फर्स्ट–इन–सेग्मेन्ट हुन्डाई एक्सटर

हुन्डाईले सोमबार भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा सस्तो एसयूभीका रुपमा आएको एक्स्टरको मूल्य भारतीय बजारमा ६ लाखदेखी शुरु हुने जनाइएको छ ।सो एसयूभी अवको केही समयपछि नेपाली बजारमा समेत आउने हुँदा नेपाली अटो पारखीले समेत यसमा चासो व्यक्त गर्दै आएका छन् ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । माइक्रो एसयूभी सेग्मेन्टको एक्स्टरमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका टाटा पन्च, मारुती सुजुकी इग्निस र सिट्रोन सी ३ मा नभएका प्रशस्तै सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट इन सेग्मेन्ट’ फिचर दिइएको हो ।

हुन्डाईले माइक्रो एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, इनेवल्ड सनरुफ, डुअल क्यामेरा सहितको ड्यासक्याम, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस र वायरलेस चार्जर पाउन सकिन्छ ।

साथै सो एसयूभी टाईप–सी यूएसवी फास्ट चार्जर, पावर आउलेट सहितको रियर एसी भेन्ट, प्याडल सिफ्टर, १२ प्रकारका भाषा सपोर्ट गर्ने डिजीटल इन्स्ट्रयूमेन्ट क्लस्टर, अन–वोर्ड नेभीगेसन सिस्टम, एम्विएन्ट साउन्ड अफ नेचर, होम टु कार, वर्गलर अलार्म, थ्री प्वाइन्ट सीट वेल्ट, हील एसिसस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सबाट सुसज्जित रहेको छ । नेपाल आउँदा यसको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने अनुमान गर्न सकिन्छ ।

#हुन्डाई

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago