मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ

काठमाडौं । तपाईँ हामीले खरिद गरेका विभिन्न सामग्रीमा अनेकन सङ्केत दिइएका हुन्छन् । विशेषगरी विद्युतीय उपकरणमा त्यस्ता सङ्केत बढी मात्रामा देख्न पाइन्छ ।

यदि तपाईँले आफ्नो चार्जरलाई फर्काएर हेर्नुभयो भने त्यहाँ पनि विभिन्न सङ्केत पाउन सक्नु हुन्छ । विद्युतीय उपकरणमा हुने त्यस्ता सङ्केतलाई तपाईँ हामीले खासै वास्ता गरेका हुँदैनौँ ।

आज हामी तपाईँलाई दैनिक रूपमा प्रयोग हुने मोबाइल चार्जरमा रहेका विभिन्न सङ्केत र तिनले दिने अर्थको बारेमा बताउँदै छौँ । जसको आधारमा तपाँईँलाई आवश्यक सावधानी अपनाउन सक्नुहुनेछ ।

वास्तवमा त्यस्ता सङ्केतले नै उक्त विद्युतीय उपकरणका बारेमा धेरै कुराको जानकारी दिएको हुन्छ । जसमा उक्त विद्युतीय सामग्रीको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुराको समेत जानकारी समावेश हुन्छ ।

१००-२४० भी ५०-६० हर्ज (100-240V—50-60 Hz)

थुप्रै मानिसहरूले आफ्नो स्मार्टफोनको चार्जर देशविदेश जाँदा साथमा लगिरहेका हुन्छन् । चार्जमा हुने माथिको सङ्केतले चार्जर २४० भोल्ट प्लगमा प्रयोग गर्न सकिने कुरा दर्शाएको हुन्छ ।त्यसैले आफूले चार्जर लगाउने प्लगमा कति भोल्टेज छ भन्ने कुरामा यकिन गरेर सावधानी अपनाउनु पर्ने हुन्छ । डस्टबिनमा क्रस चिन्ह/ डस्टबिनमा क्रस चिन्ह हुनुको अर्थ उक्त एडप्टरलाई फोहोर फाल्ने ठाउँमा फ्याँक्नु हुँदैन । उक्त एडप्टरलाई रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

सीई (CE)

यदि चार्जरमा अङ्ग्रेजी अक्षरमा सीई (CE) लेखिएको छ भने त्यसको पूरा रूप ‘कन्फरमाइट युरोपिन’ हुन्छ । उक्त वाक्यांशको अर्थ हुन्छ, युरोपेली अनुरूप ।

यो लोगो समावेश भएका उत्पादन युरोपेली सङ्गठनमा आवद्ध हुने करिब ३० देशमा बिक्री हुन्छ । यसबाट उक्त उत्पादनले युरोपेली सङ्गठनबाट सुरक्षा, स्वास्थ्य जस्ता मापदण्ड प्रमाणिकरण प्राप्त गरेको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यो चिन्ह हुने उत्पादन आधिकारिक एवम् सुरक्षित हुन्छन् ।

चार्जरमा घरको चिन्ह

यदि चार्जरमा घरको चिन्ह छ भने त्यसको अर्थ उक्त चार्जर घरमा मात्र प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । हाई भोल्टेज भएका ठाउँमा उक्त चार्जर प्रयोग गर्दा चार्जर वा डिभाइस हाई भोल्टेजका कारण बिग्रिन सक्छ । सामान्यतयाः घरमा उपलब्ध हुने स्तरको भोल्टेज हुने ठाउँमा फोन चार्जर प्रयोग गर्दा कुनै किसिमको जोखिम हुँदैन ।

चार्जरमा हुने भी (V) चिन्ह

यदि तपाईँको चार्जरमा अङ्ग्रेजी वर्णमालाको भी (V) अक्षर लेखिएको छ भने उक्त अक्षरले चार्जरको ऊर्जा आपूर्तिको स्तर दर्शाएको हुन्छ । रोमनमा उक्त अक्षरको अर्थ अङ्क पाँच हुन्छ । यसको अर्थ उक्त चार्जर सबै स्मार्टफोनका लागि उपयुक्त हुन्छ ।

बक्सभित्र एट (8) को संकेत

बक्सभित्र अङ्ग्रेजी अङ्कको आठको जस्तो संकेत रहेको छ भने उक्त चार्जरले आवश्यक सम्पूर्ण परीक्षणमा सफलतापूर्वक पार गरेको भन्ने बुझिन्छ । यो सङ्केत विशेषगरी आधिकारिक चार्जरमा मात्र हुने गर्छ । यस्तो चिन्ह नभएको चार्जर प्रयोग गर्नुमा केही जोखिम हुन सक्छ ।

वर्गाकार बक्सभित्र अर्को वर्गाकार बक्स

यदि तपाईँको चार्जरमा वर्गाकार बक्सभित्र अर्को वर्गाकार बक्सको चिन्ह छ भने त्यहाँ प्रयोग भएका सबै तार डबल इन्सुलेटेड हुन्छन् । यसको अर्थ ती तारलाई छुँदा तपाईँलाई करेन्ट लाग्दैन ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago