बिर्तामोड-३ स्थित नगर अस्पताल जाने अलपत्र सडकमा स्थानीयले रोपे धान

बिर्तामोड-३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नती मार्गको सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेर हिलाम्मै भएपछि स्थानीयले विरोधस्वरु सडकमै धान रोपेका हुन् ।

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको छ । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता छ ।

विद्यार्थी र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप  धान रोप्नुपरेको स्थानीय छायाँ कडरियाले बताइन् । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको छ ।

४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का संझौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । उनले पाएको म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मै बनेको हो ।

म्याद सकिँदासम्म ठेकेदारले प्लमको काम मात्र मुश्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् ।

काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिएको थियो । तर, उनले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले बताए ।

निर्माण कम्पनीले उक्त क्षेत्रमा आयोजना बोर्ड समेत राखेको छैन भने उपभोक्ता समिति समेत गठन गरिएको छैन । नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छोड्नु गलत भएको भन्दै स्थानीयले सो सडकको निर्माणमा ठेकेदारले सुरुवातदेखि नै बेवास्ता गरेको बताए ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago