चकचकी झापामा रोटर्याक्ट बिर्तामोडले स्तनपान प्रशिक्षण

चकचकी। रोटर्याक्ट बिर्तामोडले समुदायमा मातृ र बाल स्वास्थ्यलाई जनचेतना फैलाउने अभिप्रायले स्तनपान प्रशिक्षण प्रदान गर्दै स्वच्छ पदक वितरणका साथै ३० थान सेनेटरी प्याड वितरण गरेको छ।

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। यो मूलमन्त्रलाई आत्मसात् गर्दै जनचेतना फैलाउने काम रोटर्याक्ट बिर्तामोडले  नेपाल रेडक्रस सोसाइटी चकचकी, झापामा सम्पन्न गरेको छ ।

स्तनपानलाइ विषेश गरी तीन वटा ‘ई’ मा विभाजन गरिएको छ। पहिलो ‘ई’ अथवा (अर्ली इनिसिएसन अफ ब्रेस्ट फिडिङ) । भन्नाले शिशु जन्मेको १ घण्टाभित्र आमाको दुध चुसाउने बुझिन्छ । दोस्रो ‘२’ अथवा (एक्सक्लुसिभ ब्रेस्ट फिडिङ)। भन्नाले पूर्ण स्तनपान वा बच्चालाई जन्मेको ६ महिनासम्म (आवश्यक परेमा औषधी वा भिटामिन बाहेक) पानी पनि नदिई आमाको दुध मात्र खुवाउनु हो ।र तेस्रो ‘ई’ अथवा (एक्सटेन्डेड ब्रेस फिडिङ)। भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म आमाको दुधका साथै पोषिलो खानेकुरा सही मात्रा, सही तरिका र सही समयमा खुवाउने बुझिन्छ।

कार्यक्रम बाप्पा शाहको अध्यक्षतामा मुख्य अतिथि बाह्रदशी वडा नं. ४ का प्रमुख, महताब आलम र विशेष अतिथि रेड क्रस सोसाइटीका राम नारायण शर्मा थिए। अतिथिहरूमा कल्पना श्रेष्ठ, बिबेक कुमार गणेश रोट्रयाक्टर अंशिका पौडेल, रोट्रयाक्टर अस्मित गोसाइ, योग माया गौतम, जमुना देवि गोस्वामीको उपस्थित थियो। कार्यक्रममा सुमन पोदारले स्वागत मन्तव्य राखेका थिए । रोट्रयाक्टर अलिशा राजबंशीले प्रशिक्षण गरेको उत्त कार्यक्रम कुशल अधिकारीले संचालन गरेका थिए ।

 

 

Sanjay poudyal

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago