आफ्नो मोबाइल फोन बन्द हुन नदिन पैसा तिरेर एमडीएमएसमा यसरी दर्ता गर्नुहोस्

काठमाडौं । मोबाइल फोनको अवैध आयात तथा प्रयोग नियन्त्रण गर्न भन्दै १ जेठदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । त्यसै अनुरूप १ साउनदेखि दर्ता नभएका फोन नेपालमा चल्न नदिने बताइएको छ ।

तर यसअघि नेपाल भित्रिएर प्रयोगमा रहेका, तर एमडीएमएसमा दर्ता नभएका मोबाइल प्रयोगकर्तालाई सरकारले बजेटमार्फत पैसा तिरेरै दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । जसअनुसार भदौ २०७९ देखि १५ जेठ २०८० भित्र आयात गरिएका फोनहरू रकम बुझाएर एमडीएमएसमा दर्ता गर्न सकिनेछ ।

यसरी फोन दर्ता गर्ने समयसीमा यही असार मसान्तसम्मका लागि मात्रै रहेको छ । यदि तपाईंले प्रयोग गरिरहेको फोन एमडीएमएसमा दर्ता छैन भने यो सामग्री तपाईंका लागि हो ।
एमडीएमएसमा मोबाइल फोन दर्ता भए/नभएको कसरी हेर्ने ? 

यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् ।

त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर ‘खोज्नुहोस्’ लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ ।

यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

मोबाइल एमडीएमएसमा दर्ता गर्ने तरिका

सरकारले भदौ २०७९ देखि १५ जेठको बीचमा प्रयोगमा आएका तर, एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनलाई ‘ग्रे मोबाइल फोन’को सूचीमा राखेको छ । यस्ता फोनलाई वैध फोन बनाउन निश्चित राजस्व तिरेर उक्त सिस्टममा दर्ता गर्नुपर्ने हुन्छ ।

जसका लागि आईफोन तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनका लागि १० हजार रुपैयाँ, एक लाख रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनका लागि तीन हजार रुपैयाँ र अन्य मोबाइल फोनका लागि २०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।

-सबैभन्दा पहिला गुगलमा गएर ‘ग्रे रजिस्ट्रेसन’ (Grey registration nta) खोजेर सुरुको लिङ्कमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।

-अब एउटा पेज खुल्छ, त्यसमा मोबाइल डिटेल (Mobile Detail) खण्डमा आफ्नो मोबाइलको आईएमईआई नम्बर (जति सिम कार्ड सपोर्ट गर्ने फोन हो, त्यति), ब्रान्ड तथा कम्पनीको नाम र मोडल नम्बर राख्नुहोस् । यदि आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी पत्ता लगाउनुहोस् ।

यति गरिसकेपछि पर्सनल इन्फरमेसन (Personal Inormation) खण्डमा आफ्नो नाम, सम्पर्क नम्बर, प्यान नम्बर र स्थायी ठेगाना खुलाउनुहोस् ।

अब अन्तिममा रहेको प्रोसिड टु नेक्स्ट स्टेप (Proceed to next step) थिच्नुहोस् ।

 

-नयाँ खुल्ने पेजमा भर्खरै तपाईंले राखेका विवरणहरू देखिनेछन् । त्यसमा रहको आफ्नो मोबाइलको विवरण राम्रोसँग यकिन गर्नुहोस् । याद राख्नुहोस्, भुक्तानी पश्चात तपाईंले राखेको विवरण परिवर्तन गर्न सकिंदैन । सबै विवरण ठीक छ भने भुक्तानीका लागि प्रोसिड टु पेमेन्ट (Proceed to payment) बटनमा थिच्नुहोस् ।

 

-खल्ती, ईसेवा वा कनेक्ट आईपीएसबाट तपाईंले तोकिएको शुल्क भुक्तानी गर्न सक्नु हुनेछ । यदि कनेक्ट आईपीएस छनौट गर्नु भयो भने एउटा क्यूआर कोड प्राप्त गर्न सकिन्छ । कुनै पनि डिजिटल वालटे तथा मोबाइल बैंकिङ एपमार्फत यो कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।  यदि भुक्तानी सफल भएको म्यासेज नआउँदै खाताबाट पैसा काटियो भने पनि बुझ्नुहोस्, तपाईंको भुक्तानी सफल भयो ।

 

-भुक्तानी भएसँगै तपाईंको मोबाइल स्वतः एमडीएमएसमा दर्ता हुनेछ ।

-भुक्तानी भएको एक घण्टापछि तपाईंले यहाँ क्लिक गरी आफ्नो मोबाइल दर्ता भए/नभएको यकिन गर्न सकिनेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago