महेन्द्र मा.वि. का पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले गर्यो गुरु सम्मान

बिर्तामोड। बिर्तामोड ३ अनारमनीस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा विद्यालयका १२ जना पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको हो ।
विद्यालयका पूर्व शिक्षकहरु किशोर प्रसाई, टेकनाथ न्यौपाने, कपिलमणी प्रसाई, मोहनराज दाहाल, मोहन कुमार पौडयाल, मोहन ओली, दिलिपकुमार शर्मा, दलबहादुर पुलामी, राधिकाकुमारी खड्का,  लक्ष्मी ढकाललाई दोसल्ला , पानी तताउने इलेक्ट्रिक जग, तामाको जग, गिलाससहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । त्यस्तै विद्यालयका पूर्व कर्मचारी जसबहादुर राई र ज्ञानुमाया राईलाई पनि भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

समाजका उपाध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व मोहन ओली , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई , प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा पूर्व विद्यार्थी लीला अनमोलले गरेकी थिइन् ।

गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago