महेन्द्र मा.वि. का पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले गर्यो गुरु सम्मान

२०८०, १८ असार सोमबार २२:२९

बिर्तामोड। बिर्तामोड ३ अनारमनीस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा विद्यालयका १२ जना पूर्व शिक्षक तथा कर्मचारीलाई भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको हो ।
विद्यालयका पूर्व शिक्षकहरु किशोर प्रसाई, टेकनाथ न्यौपाने, कपिलमणी प्रसाई, मोहनराज दाहाल, मोहन कुमार पौडयाल, मोहन ओली, दिलिपकुमार शर्मा, दलबहादुर पुलामी, राधिकाकुमारी खड्का,  लक्ष्मी ढकाललाई दोसल्ला , पानी तताउने इलेक्ट्रिक जग, तामाको जग, गिलाससहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । त्यस्तै विद्यालयका पूर्व कर्मचारी जसबहादुर राई र ज्ञानुमाया राईलाई पनि भुतपूर्व विद्यार्थी समाजले सम्मान गरेको छ ।

समाजका उपाध्यक्ष मदन गोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व मोहन ओली , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई , प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा पूर्व विद्यार्थी लीला अनमोलले गरेकी थिइन् ।

गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु