जापानमा नेपालको ग्रेटर म्याप सार्वजनिक ।

जापान । जापानमा नेपालको ग्रेटर म्याप सार्वजनिक गरिएको छ। आईतवार जापानको नागोया शहरमा नेपाली मिडिया सेन्टर जापानले प्रकाशन गरेको नेपालको ग्रेटर म्याप सार्वजनिक गरिएको हो। उक्त औपचारिक कार्यक्रमको अध्यक्षता नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपानेले गरेका थिए भने कार्यक्रम सञ्चालन मिडिया सेन्टरका सचिव राजविन थापाले गरेका थिए।

मिडिया सेन्टरका उपाध्यक्ष बिनोदकुमार सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अर्का उपाध्यक्ष श्याम शितलले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । कार्यक्रमको प्रमुख अतिथि भने नेपाली मेडिकल एसोसियसन ,जापानका संयोजक डा लुसुन चालिसे थिए। उनले जापानमा डाक्टरी पेशा निर्भिक गर्न सकिए पनि नेपालमा डाक्टरहरु अहिले पनि शुरक्षित हुन नसकेको बताए।

उनले २००९ मा डक्टर अभ मेडिसिन, ओसाका युनिभर्सिटी, फ्याकल्टी अभ मेडिसिन, आफ्नो अध्ययन गरेका थिए। । उनले २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी (जापान न्युरोसर्जिकल सोसाइटी) पुरा गरी २०१८ मा विद्यावारिधि (पीएच् डी) समेत गरि न्युरो-अन्कोलोजी (नागोया युनिभर्सिटी, जापान) बाट पुरा गरेका थिए। डा चालिसेले २०१८ बाट उपप्राध्यापक भई  (टोक्यो युनिभर्सिटी, जापान) फ्याकल्टी एट् द एड्वान्सड् क्लिनिकल रिसर्च सेन्टर, डिविजन अभ इन्नोवेटिव क्यान्सर थेरापी, इन्सिटिच्युट अभ मेडिकल साइन्स अभ द युनिभर्सिटी अभ टोक्यो  (IMSUT) न्युरोसर्जन को रूपमा IMSUT Hospital, टोक्यो काम गरि सकेका छन्। २०२० बाट भने कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा जापानको नागोया सेन्ट्रल हस्पिटलमा उनि कार्यरत  छन्।

आयोजकका अनुसार जापानमा रहेका हाम्रा सन्तानलाई हाम्रो मातृभूमिको र पुर्खाको गौरवमय इतिहास थाहा होस् भन्ने उदेश्य एवं हाम्रा पुर्खाहरुले गरेको बलिदानलाई स्मरण र सम्मान स्वरुप नेपाली मिडिया सेन्टर जापानले नेपालको ग्रेटर म्याप (ऐतिहाशिक नक्सा ) प्रकाशन गरेको र उक्त नक्सा जापानमा सार्वजनिक एवं निशुल्क बितरण कार्यक्रम आयोजना गरिएको बताईएको छ ।हाल जापानमा १ लाख५० हजारको हाराहारीमा नेपालीहरु रहेका छन्।

कार्यक्रममा तोकाई बाटिका ईन्टरनेशनल स्कूलका प्रमुख सञ्चालक डा सुदिप अधिकारी , एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका सह-कोषाध्यक्ष राथा थापाकाजी , एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी , एनआरएनए जापानका पुर्व उपाध्यक्ष डिलाराम खरेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष यम खत्रीले  धारणा राखेका थिए । धारणा राख्ने अत्य अतिथिहरुमा मितेरी नेपालका अध्यक्ष चिरञ्जीवी सिग्देल , एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक भेषराज गौतम , नेपाली मिडिया सेन्टर जापानका सल्लाहकार हरिप्रसाद पोखरेल , स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देल , मोना नागोयाका अध्यक्ष दिपक बगाले , जनसम्पर्क समिति नागोयाका पूर्व अध्यक्ष चोलेन्द्र अधिकारी लगाएत थिए।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago