युवा नागरिक समाजको साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न

युवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभा आइतवार बिर्तामोडमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई रहेका थिए । त्यस्तै समाजका सल्लाहकार संयोजक जयनारायण ढुङ्गानाको बिशिष्ट आतिथ्य रहेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, समाजकी सल्लाहकार जानुका थापामगर, डा. लक्ष्मीप्रसाद मैनाली, अञ्जना ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । सदस्य कविता ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रिना ओडारीले गरेकी थिइन् ।

समाजले एक बर्षको अवधिमा गरेको कार्यक्रसहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा समाजको पालिकास्तरीय कमिटी गठन भइसकेको र अन्य पालिकाहरुमा पनि कमिटी गठन हुने चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ । सोही कार्यक्रमकाबीच गायक भक्त विश्वासले गीत गाएर उपस्थित सवैलाई मनोरञ्जन दिएका थिए ।

यसैबीच साधारणसभाले पुनः केशव भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला, कोषाध्यक्ष रामचन्द्र मैनालीलगायत रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago