युवा नागरिक समाजको साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न

२०८०, १५ आश्विन सोमबार २१:३२

युवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभा आइतवार बिर्तामोडमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई रहेका थिए । त्यस्तै समाजका सल्लाहकार संयोजक जयनारायण ढुङ्गानाको बिशिष्ट आतिथ्य रहेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, समाजकी सल्लाहकार जानुका थापामगर, डा. लक्ष्मीप्रसाद मैनाली, अञ्जना ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । सदस्य कविता ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रिना ओडारीले गरेकी थिइन् ।

समाजले एक बर्षको अवधिमा गरेको कार्यक्रसहितको प्रतिवेदन अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए । झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा समाजको पालिकास्तरीय कमिटी गठन भइसकेको र अन्य पालिकाहरुमा पनि कमिटी गठन हुने चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ । सोही कार्यक्रमकाबीच गायक भक्त विश्वासले गीत गाएर उपस्थित सवैलाई मनोरञ्जन दिएका थिए ।

यसैबीच साधारणसभाले पुनः केशव भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला, कोषाध्यक्ष रामचन्द्र मैनालीलगायत रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु