काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त

काठमाडौँ: निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गरेकी हुन् ।

काफ्लेलाई यसअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइएको थियो ।
अग्रिमो आएपछि उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् । काफ्ले कूटनीतिक क्षेत्रबाटै राजदूत बनेका हुन् । उनी यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago