आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लियो

काठमाडौँ: साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतवार बजार परिसूचक ५४.५८ अंकले बढेको हो। गत साताको अन्तिम कारोबार पश्चात २१४०.५३ रहेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लिएको छ ।

आइतवार बजार परिसूचक ५४.५८ अंक अर्थात २.५५ प्रतिशतले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९.७२ अंक बढेर ४१९.२० अंकमा कायम रहेको छ। साताको पहिलो कारोबारमा कारोबार रकममा पनि बढोत्तरी भएको छ। ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

६७ हजार ७ सय ४० पटकमा १ करोड १३ लाख ३९ हजार ४सय ७६ कित्ता सेयर खरिद बिक्री भएको छ जसमा २२० कम्पनी सामेल थिए । बढ्दो बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको सेयर मूल्य घटेको छ।

बजार बढ्दा आइतवारको कारोबारमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जेनेरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी तथा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago