कसले बनाउने अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ

बैतडी: पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।

सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण सुरु भएको हो । पचास मिटर लमो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आठ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुनसकेको छैन । लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली र उल्लकाका बासिन्दा समस्यामा छन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयको आरोप छ ।

बर्खा लागेसँगै सुर्नयामा पानीको बहाव बढेपछि सो सडक अवरुद्ध हुने गरेको छ । नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने सडक अवरुद्ध हुने गरेको छ । वर्षात्मा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले बताए ।

रु दुई करोड ९० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको विष्टले बताए । पछिल्लो समयमा २०८० असार मसान्तमा ठेक्का म्याद थपिएको थियो । विसं २०७९ माघसम्म पुल निर्माण गरिसक्ने विष्टको दाबी छ । रासस

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago