रगतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार सुरु

काठमाडौँ: वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार सुरु भएको छ । यही सोमबारबाट मेडिकल जेनेटिक तथा हेमाटोलोजी डे केयर सुरु भएको हो । डे केयर सेन्टरमा १८ शय्या रहेका छन् ।

अस्पतालका रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा निरजकुमार सिंहले जति पनि रगतजन्य रोगहरूको नि:शुल्क उपचार सुरु गरिएको बताए । उनका अनुसार बिरामीहरूले नि:शुल्क रक्त सञ्चार सेवा, ब्लड ट्रान्सफ्युजन (रगत प्रदान गर्ने), रोगलाई चाहिने औषधि, नियमित रगत परीक्षण, हेमोफोलियाको बिरामीलाई प्रोटिन फ्याक्टर आदि नि:शुल्क प्रदान गरिने छ ।
डा सिंह भन्छन्‚ ‘रगतजन्य रोग वंशाणुगत रोग हो‚ जसमा रगतमा समस्या हुन्छ । समस्या रगत हुन्छ तर यसले कसैलाई हप्तामा एक पटक त कसैलाई महिनामा दुई पटक रगत आवश्यकता पर्छ । रोग लागिसकेका बिरामीको जीवन कसरी बढाउने, समस्या आउन नदिने भन्ने हाम्रो उद्देश्य हो ।’

धेरै अंगमा असर पार्ने भएकाले वंशाणुगत रोगको उपचार नेपालमा एकदमै खर्चिलो छ । त्यसैले पनि कम उमेरमै मृत्यु हुने चिकित्सकहरू बताउँछन् ।
मान्छेको शरीर क्रोमोजोमले बनेको हुन्छ । शरीरमा रहेको क्रोमोजोमको सानो रुपलाई जीन भनिन्छ । जीनमा केही त्रुटि भएमा वंशाणुगत रोग हुने हुन्छ । वीर अस्पतालको मेडिकल जेनेटिक विभागकी प्रमुख तथा नेपालको पहिलो वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर भन्छिन्‚ ‘बच्चा खेर जाने, पेट क्यान्सर, स्तन क्यान्सर, सिकलसेल एनिमिया, थालसेमिया, हेमोफेलिया आदि प्रमुख रुपमा देखिएका छन् । यी रोगहरूको राष्ट्रिय सर्वेक्षण भइनसकेकाले यसका कति रोगी छन् भन्नेबारे थाहा हुन सकेको छैन ।’

‘वंशाणुगत रोगमा सरकारले दीर्घकालीन सोच राखेर लगानी गर्नुपर्छ’
दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले वंशाणुगत रोग विशेषज्ञको नवौं तहको दरबन्दी सिर्जना गरेको छ‚ जसमा वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर काम गरिरहेकी छिन् । हाल नेपालमा २ जना मात्र वंशाणुगत रोग विशेषज्ञ छन् ।

केही निजी अस्पतालबाहेक मेडिकल जेनेटिक युनिट वीर अस्पतालमा मात्र रहेको छ । ९ वर्षअघि जेनेटिक क्लिनिक सुरु भएको अस्पतालमा ५ वर्षअघि मात्र जेनेटिक ल्याब सञ्चालमा आएको हो‚ जहाँ ७५ हजारभन्दा बढी परीक्षणहरू भइसकेका छन् तर जेनेटिक ल्याबमा पर्याप्त सुविधाहरू थपिन सकेका छैनन् ।

वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर वीर अस्पताल वंशाणुगत रोगको नेसनल रेफरल सेन्टर भए पनि यसका सेवाहरू सीमित भएको बताउँदै भविष्यमा अपग्रेड गरेर लैजाने सोचेको बताइन् । डा ठाकुर भन्छिन्‚ ‘ हाम्रो उद्देश्य अबको १० वर्षमा इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड जेनोमिक्स खोल्ने हो‚ जहाँ हरेक प्रकारको अनुवांशिक रोगको परीक्षण नेपालमै होस्; जहाँ जेनेटिक्स पढाइ पनि होस् र बिरामी पनि हेरियोस् ।’

उनले जेनेटिक वार्ड सुरु गरेसँगै दोस्रो चरणमा यी रोगहरूको जेनेटिक टेस्ट, जस्तै डाइग्नोस्टिक टेस्टिङ, क्यारियर टेस्टिङ, प्रि-नेटल टेस्टिङ सबै सुरु गर्ने लक्ष्य रहेको बताइन् । ‘जति पनि अनुवांशिक रोगहरू छन्; भइसकेपछि केही गर्न सकिन्न; यसलाई गर्ने भनेको प्रिभेन्सन नै हो । एउटा थालसेमिया भएको बच्चालाई ४०–५० वर्षको आयुसम्म बाँच्नलाई डेढ करोड रुपैयाँ खर्च हुन्छ । अहिलेसम्म रेकर्डेड तथ्यांक हेर्दा वार्षिक ३० देखि ३२ जना यस्ता बच्चा जन्मिन्छन् । बरु सुरुमै प्रि-नेटल टेस्ट गर्दा खर्च कम हुन्छ,’ डा ठाकुरले भनिन् ।

उनका अनुसार सरकारले वंशाणुगत रोगको रोकथामका लागि केही कदम चाले पनि शतप्रतिशत छैन । डा ठाकुर भन्छिन्‚ ‘प्रिभेन्सनलाई ध्यान दिन लगानी आवश्यक छ । ठूलो लगानी चाहिन्छ । अलिकति राम्रो खर्च गरेर एउटा सेटअप गर्न सक्यो भने थुप्रै वंशाणुगत परीक्षण तुरुन्तै हुन्थे । यो सेवा भयो भने यसले दीर्घकालीन रुपमा आर्थिक भारलाई ५० प्रतिशतसम्म घटाउँछ । हामीले अर्को महिनामा नयाँ ६ वटा परीक्षण पनि सुरु गर्ने भएका छौँ‚ जुन नेपालमा अरु सरकारी अस्पतालमा कतै हुँदैन ।’

अस्पतालका रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा सिंहले रगतजन्य रोगहरूमा बोन म्यारो ट्रान्सप्लान्ट सफल देखिएकोमा सरकारले यसको सेवा सुरु गर्नेमा ध्यान दिनुपर्ने बताए । ‘यो ट्रान्सप्लान्ट गर्न सक्ने जनशक्ति नेपालमै छन् । रगतजन्य रोगलाई निको बनाउने पद्धति यो सफल पद्धति हो,’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago