यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । कम्पनी ह्याक भएपछि यसको पहिलो मार वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ लाई परेको छ । रिलिजको संघारमा रहेको फिल्मका प्रचार सामाग्री युट्युबबाट हटेका छन् ।
वितरक गोविन्द शाहीले भने विदेशी फिल्मका हिमायतीले षडयन्त्र गरेको हुन सक्ने आशंका गरे । ‘नेपालमा पहिलो पटक नेपाली निर्माताले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने आँट गरेका थिए तर दुश्मन लागे,’ शाहीको भनाइ थियो । गोविन्द शाहीले अरु कसैले यो गराएको आशंका गरे पनि युट्युबको प्लेटफर्मबाट ‘ए मेरो हजुर ४’ मात्र होइन नेपाली फिल्मका अन्य कन्टेन्ट पनि अब यो प्लेटफर्ममा देखिँदैनन् ।
यसैको भगिनी संस्था बुढासुब्बा मुभी भने यथावत छ । यसैगरि यही कम्पनीको गीत मात्र राख्ने बुढासुब्बा संग्स पनि युट्युबमा देख्न सकिन्छ । यसअघि गायक भिटेनको युट्यबु च्यानल पनि ह्याक भएको थियो । बुढासुब्बा डिजिटल खोज्दा त्यहाँ क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको छ । ह्याकरले ह्याक गरेसँगै कम्पनीको प्रोफाइल पनि परिवर्तन भइसकेको छ ।
यो च्यानलमा ६० लाख हाराहारी सब्क्राइबर थिए भने ११ हजार बढी भिडियो पोस्ट थिए
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…