यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । कम्पनी ह्याक भएपछि यसको पहिलो मार वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ लाई परेको छ । रिलिजको संघारमा रहेको फिल्मका प्रचार सामाग्री युट्युबबाट हटेका छन् ।
वितरक गोविन्द शाहीले भने विदेशी फिल्मका हिमायतीले षडयन्त्र गरेको हुन सक्ने आशंका गरे । ‘नेपालमा पहिलो पटक नेपाली निर्माताले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने आँट गरेका थिए तर दुश्मन लागे,’ शाहीको भनाइ थियो । गोविन्द शाहीले अरु कसैले यो गराएको आशंका गरे पनि युट्युबको प्लेटफर्मबाट ‘ए मेरो हजुर ४’ मात्र होइन नेपाली फिल्मका अन्य कन्टेन्ट पनि अब यो प्लेटफर्ममा देखिँदैनन् ।
यसैको भगिनी संस्था बुढासुब्बा मुभी भने यथावत छ । यसैगरि यही कम्पनीको गीत मात्र राख्ने बुढासुब्बा संग्स पनि युट्युबमा देख्न सकिन्छ । यसअघि गायक भिटेनको युट्यबु च्यानल पनि ह्याक भएको थियो । बुढासुब्बा डिजिटल खोज्दा त्यहाँ क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको छ । ह्याकरले ह्याक गरेसँगै कम्पनीको प्रोफाइल पनि परिवर्तन भइसकेको छ ।
यो च्यानलमा ६० लाख हाराहारी सब्क्राइबर थिए भने ११ हजार बढी भिडियो पोस्ट थिए
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…