बलेफी हाईड्रोपावरको IPO मा पहिलो दिनमै ३.१४ गुणा बढी आवेदन

काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्री आज खुल्ला भएको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको छ।

सिडिएससी बाट प्राप्त जानकारी अनुसार पहिलो दिनको साझ ५:०१ बजे सम्ममा ४ लाख ३३ हजार ४ सय ७१ जना आवेदकले ५२ लाख २२ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ३.१४ गुणा बढी हो। यस अनुसार १ लाख ६६ हजार ३ सय ४२ जना आवेदकले १० कित्ताको दरले र ३ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।

कम्पनीको जारी पूंजी रु.१.८२ अर्बको १०% अर्थात रु.१८.२७ करोडको प्रति शेयर रु.१०० अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर मध्ये ९१ हजार ३ सय ९८ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ७३ हजार १ सय १९ कित्ता अर्थात ४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने १६ लाख ६३ हजार ४ सय ५३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

निष्काशन आज मिति २०७८ चैत्र १६ गते देखि २१ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago