बुढासुब्बा डिजिटल ह्याक, लाखौँ नेपाली फिल्म तथा गीत गायब

काठमाडौँ – नेपाली फिल्म तथा गीत संगीतलाई युट्युबमा राख्दै आएको बुढासुब्बा डिजिटल ह्याक भएको छ । बुढासुब्बा डिजिटल दोस्रो पटक ह्याक भएको हो । बुधबारसम्म सकुशल रहेको युट्युब प्लेटफर्म बिहीबार ह्याक भएको हो । अहिले युट्युबमा यो कम्पनीको नामो निशान पनि देखाउँदैन । 

यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । कम्पनी ह्याक भएपछि यसको पहिलो मार वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ लाई परेको छ । रिलिजको संघारमा रहेको फिल्मका प्रचार सामाग्री युट्युबबाट हटेका छन् ।

वितरक गोविन्द शाहीले भने विदेशी फिल्मका हिमायतीले षडयन्त्र गरेको हुन सक्ने आशंका गरे । ‘नेपालमा पहिलो पटक नेपाली निर्माताले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने आँट गरेका थिए तर दुश्मन लागे,’ शाहीको भनाइ थियो ।  गोविन्द शाहीले अरु कसैले यो गराएको आशंका गरे पनि युट्युबको प्लेटफर्मबाट ‘ए मेरो हजुर ४’ मात्र होइन नेपाली फिल्मका अन्य कन्टेन्ट पनि अब यो प्लेटफर्ममा देखिँदैनन् ।

यसैको भगिनी संस्था बुढासुब्बा मुभी भने यथावत छ । यसैगरि यही कम्पनीको गीत मात्र राख्ने बुढासुब्बा संग्स पनि युट्युबमा देख्न सकिन्छ । यसअघि गायक भिटेनको युट्यबु च्यानल पनि ह्याक भएको थियो । बुढासुब्बा डिजिटल खोज्दा त्यहाँ क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको छ । ह्याकरले ह्याक गरेसँगै कम्पनीको प्रोफाइल पनि परिवर्तन भइसकेको छ ।

यो च्यानलमा ६० लाख हाराहारी सब्क्राइबर थिए भने ११ हजार बढी भिडियो पोस्ट थिए

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago