बुढासुब्बा डिजिटल ह्याक, लाखौँ नेपाली फिल्म तथा गीत गायब

२०७८, १७ चैत्र बिहीबार ११:३८
काठमाडौँ – नेपाली फिल्म तथा गीत संगीतलाई युट्युबमा राख्दै आएको बुढासुब्बा डिजिटल ह्याक भएको छ । बुढासुब्बा डिजिटल दोस्रो पटक ह्याक भएको हो । बुधबारसम्म सकुशल रहेको युट्युब प्लेटफर्म बिहीबार ह्याक भएको हो । अहिले युट्युबमा यो कम्पनीको नामो निशान पनि देखाउँदैन । 

यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । कम्पनी ह्याक भएपछि यसको पहिलो मार वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ लाई परेको छ । रिलिजको संघारमा रहेको फिल्मका प्रचार सामाग्री युट्युबबाट हटेका छन् ।

वितरक गोविन्द शाहीले भने विदेशी फिल्मका हिमायतीले षडयन्त्र गरेको हुन सक्ने आशंका गरे । ‘नेपालमा पहिलो पटक नेपाली निर्माताले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने आँट गरेका थिए तर दुश्मन लागे,’ शाहीको भनाइ थियो ।  गोविन्द शाहीले अरु कसैले यो गराएको आशंका गरे पनि युट्युबको प्लेटफर्मबाट ‘ए मेरो हजुर ४’ मात्र होइन नेपाली फिल्मका अन्य कन्टेन्ट पनि अब यो प्लेटफर्ममा देखिँदैनन् ।

यसैको भगिनी संस्था बुढासुब्बा मुभी भने यथावत छ । यसैगरि यही कम्पनीको गीत मात्र राख्ने बुढासुब्बा संग्स पनि युट्युबमा देख्न सकिन्छ । यसअघि गायक भिटेनको युट्यबु च्यानल पनि ह्याक भएको थियो । बुढासुब्बा डिजिटल खोज्दा त्यहाँ क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको छ । ह्याकरले ह्याक गरेसँगै कम्पनीको प्रोफाइल पनि परिवर्तन भइसकेको छ ।

यो च्यानलमा ६० लाख हाराहारी सब्क्राइबर थिए भने ११ हजार बढी भिडियो पोस्ट थिए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु