सशस्त्रमा ७० जना डीएसपीको पद खाली, एक अधिकृतलाई बढुवा गर्न आईजीपीको चलखेल

काठमाडाैं । सशस्त्र प्रहरी बलमा ७० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) खाली हुँदा पनि बढुवा हुन सकेको छैन ।

फाइल फोटो

बढुवा नहुँदा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालमाथि भने नियमावली संशोधनमा अल्झिएको आरोप लागेको छ । इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्षदेखि बढुवा हुन पाएका छैनन् । त्यसलाई पनि उनले घर जाने बेलामा लत्याएर अझ लम्ब्याउन खोजेको आरोप आईजीपी खनालमाथि लागेको छ । 

‘१६ वर्ष एउटै पदमा जागिर खायौं माथि ७० जना खाली छ तर बढुवा हुँदैन,’ एक इन्स्पेक्टरले लोकान्तरसँग भने, ‘आईजी सा’बले बढुवा गर्नुहुन्छ कि भन्ने थियो तर उहाँ बिदा बसेर त्यसलाई लम्ब्याउन खोज्दै हुनुहुन्छ ।’त्यति मात्र होइन, सशस्त्रमा घर जाने समयमा बढुवा नगरेर आफू अनुकूलका मानिसहरूलाई बढुवा गर्न चलखेलमा आईजीपी लागेको आरोप पनि लागेको छ । सशस्त्र स्रोतका अनुसार सि.सं ४ मा भर्ना एक जना बाहेक सबै इन्स्पेक्टरहरू बढुवा भएका छन् । ती एक जनालाई ‘बाइपास’ गरेर आईजीपी खनालले हालका केन्द्रका लेखापाल गणेश मल्ललाई बढुवा गर्न लागिपरेको स्रोतले लोकान्तरलाई बतायो ।

आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै आईजीपीले नियमावली संशोधन गरेर उनलाई बढुवा गर्न खोजेपछि सशस्त्र प्रहरीमा विरोधका स्वरहरू उठेका छन् । यदि सरकारले निर्वाचनको मिति घोषणा गरेको खण्डमा उनीहरूको बढुवा अझ एक वर्ष लम्बिने भएपछि उनीहरूमा झन् चिन्ता थपिएको छ । ‘उहाँले बढुवा गर्नु भएन भने अर्को आईजी साब छोटो समयका लागि आउनुहुन्छ । अर्को आईजीपी साब आइसक्दा निर्वाचन भयो भने बढुवा हुन अर्को एक वर्ष लाग्ने देखियो,’ अर्का इन्स्पेक्टरले लोकान्तरसँग भने ।त्यतिमात्र होइन धेरै आउट बोर्डर पोष्ट (बीओपी) को समय पुग्दासमेत आईजीपीले सरुवासमेत गर्न सकेका छैनन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago