सशस्त्रमा ७० जना डीएसपीको पद खाली, एक अधिकृतलाई बढुवा गर्न आईजीपीको चलखेल

काठमाडाैं । सशस्त्र प्रहरी बलमा ७० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) खाली हुँदा पनि बढुवा हुन सकेको छैन ।

फाइल फोटो

बढुवा नहुँदा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालमाथि भने नियमावली संशोधनमा अल्झिएको आरोप लागेको छ । इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्षदेखि बढुवा हुन पाएका छैनन् । त्यसलाई पनि उनले घर जाने बेलामा लत्याएर अझ लम्ब्याउन खोजेको आरोप आईजीपी खनालमाथि लागेको छ । 

‘१६ वर्ष एउटै पदमा जागिर खायौं माथि ७० जना खाली छ तर बढुवा हुँदैन,’ एक इन्स्पेक्टरले लोकान्तरसँग भने, ‘आईजी सा’बले बढुवा गर्नुहुन्छ कि भन्ने थियो तर उहाँ बिदा बसेर त्यसलाई लम्ब्याउन खोज्दै हुनुहुन्छ ।’त्यति मात्र होइन, सशस्त्रमा घर जाने समयमा बढुवा नगरेर आफू अनुकूलका मानिसहरूलाई बढुवा गर्न चलखेलमा आईजीपी लागेको आरोप पनि लागेको छ । सशस्त्र स्रोतका अनुसार सि.सं ४ मा भर्ना एक जना बाहेक सबै इन्स्पेक्टरहरू बढुवा भएका छन् । ती एक जनालाई ‘बाइपास’ गरेर आईजीपी खनालले हालका केन्द्रका लेखापाल गणेश मल्ललाई बढुवा गर्न लागिपरेको स्रोतले लोकान्तरलाई बतायो ।

आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै आईजीपीले नियमावली संशोधन गरेर उनलाई बढुवा गर्न खोजेपछि सशस्त्र प्रहरीमा विरोधका स्वरहरू उठेका छन् । यदि सरकारले निर्वाचनको मिति घोषणा गरेको खण्डमा उनीहरूको बढुवा अझ एक वर्ष लम्बिने भएपछि उनीहरूमा झन् चिन्ता थपिएको छ । ‘उहाँले बढुवा गर्नु भएन भने अर्को आईजी साब छोटो समयका लागि आउनुहुन्छ । अर्को आईजीपी साब आइसक्दा निर्वाचन भयो भने बढुवा हुन अर्को एक वर्ष लाग्ने देखियो,’ अर्का इन्स्पेक्टरले लोकान्तरसँग भने ।त्यतिमात्र होइन धेरै आउट बोर्डर पोष्ट (बीओपी) को समय पुग्दासमेत आईजीपीले सरुवासमेत गर्न सकेका छैनन् ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago