एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र ओलीबीच हिमचिम बढेपछि प्रचण्ड-माधव तनावमा !

काठमाडौं । अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पास गर्नेगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघि बढेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ। खासगरी स्थानीय तहको निर्वाचनबारे गठबन्धनका नेताहरु छलफलमा जुटेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि सहयोग गर्नपनि आग्रह गरेका थिए ।
फाइल फोटो

देउवाले एमसीसी पारित गर्न नसघाए आफूलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहयोग गर्ने प्रस्ताव गरेको पनि खुलासा गरे । प्रधानमन्त्रीको मुखबाट यस्तो सुनेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अचम्मित भएका थिए ।

स्रोतकाअनुसार देउवाले उक्त छलफलमा एमसीसी पारित गराउन सहयोग नगरे गठबन्धन पनि टुट्ने चेतावनी दिएका थिए । यसअघि गत पुष २४ गते प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब सवा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटमा सदनको अवरोध हटाउने र एमसीसी पास गर्नेबारे छलफल भएको समाचार आएका थिए ।

अहिले एमालेले सदन अवरुद्ध जारी राखेको छ । एमालेले एमसीसीलाई पाँच दलीय गठबन्धन टुटाउने अन्तिम अस्त्र बनाएको छ। एमाले अध्यक्ष ओलीले एमसीसी पास गराउन चाहेको हो भने सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन प्रधानमन्त्री देउवालाई प्रस्ताव राखेका थिए । सभामुखलाई हटाए एमसीसी पास गराउन आफूहरुले सघाउने ओलीको वचन थियो ।

ओलीको उक्त वचन पाएपछि प्रधानमन्त्री देउवाले अन्तिममा आएर गठबन्धनका नेताहरुमाथि दबाब बढाएका छन् । अमेरिकाले फेब्रुअरीभित्रै एमसीसी पास नगरे फिर्ता लैजाने चेतावनी दिएकोले प्रधानमन्त्री देउवाले सदनबाट एमसीसी छिटो टुँगो लगाउन चाहेका छन् । आजमात्रै पनि प्रचण्डले प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

यो भेटपनि एमसीसीबारे नै केन्द्रित रहेको बुझिएको छ । उता, माधव नेपालले पनि आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । गठबन्धनमा भएको पछिल्लो छलफललाई लिएर गठबन्धनका नेताहरुको सक्रियता बढेको छ ।

आजमात्रै प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले लामो फोन सम्वादन गरेको चर्चा छ । चीनले कुनैपनि हालतमा एमसीसी पास नगराउन दबाब दिईरहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago