मेरोमाइक्रोफाइनान्सको खुद नाफा ८९% ले बढ्यो

काठमाडौं: मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (MERO) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२६.६५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ८९.४१% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.२८.१५ बाट बढेर रु.४४.४३ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य १०५.०७% को वृद्धि, खुद व्याज आम्दानीमा ८८.७१% को वृद्धि तथा संचालन नाफामा ८९.४१% ले बढेकोले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.१.२० अर्ब चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ८७.९३% ले वृद्धि भएर रु.६४.९० करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५४.०९% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.८४ अर्ब कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१३४.५४ बाट बढेर रु.१५४.०९ कायम हुन आएको छ।

त्यस्तै, व्यवसाय तर्फ लघुवित्तले उलेख्य प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.११.३५ अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.२.९५ अर्ब निक्षेप संकलन गरी कुल रु.१४.३१ अर्ब पूंजी परिचालन गरी रु.१६.२७ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ५२.०३% र ५५.२८% को वृद्धि रहेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा २.०५% रहेको निष्कृय कर्जा अनुपात बढेर ३.५५% कायम हुन आएको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago