काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल, खड्कागाउँमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सुन्दरीजलका अन्दाजी नौ वर्षीया श्रेया तामाङ र चार वर्षीया सृष्टि तामाङ छन् । उनीहरू दिदीबहिनी हुन् ।
घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
बा४ख ६९६५ नम्बरको टिपरले तामाङ र उनकी छोरीहरू सवार बा५१प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…