काठमाडौं: नयाँ बानेश्वरमा ‘अन्डर पास’ निर्माण गरिने भएको छ। सवारी चाप व्यवस्थापनका लागि कलंकी जस्तै ‘अन्डर पास’ बनाउन सडक विभागले परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको हो।
विभागको गुणस्तर, अनुगमन तथा विकास केन्द्रले बुधबार सूचना जारी गर्दै ६ वटा परामर्शदाता कम्पनी सर्टलिस्टमा परेको उल्लेख गरेको छ।
विभागले यो योजनाका लागि गत पुस ५ गते नै आशयपत्र आह्वान गरेको थियो। सोहीअनुसार परामर्शदाताका लागि परेका आवेदनमध्येबाट ६ कम्पनीहरुलाई अन्तिम सूचीमा राखिएको छ।
सर्टलिस्टमा परेका कम्पनीहरुमा जीओकम-होमल्याण्ड-कार्ड जेभी, ग्लोबल-एभरेष्ट-पीनेट जेभी, जीइसी-श्रेष्ठ-टेक्नोकार्ट जेभी, सीयास-एनसी-सोयलटेष्ट जेभी, साखुवा-आरआईडीसी-ग्रीड जेभी र सील्ट-मुनलाइट-क्वीस्ट जेभी छन्।
छनोटमा पर्ने कम्पनीले बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन, ड्रइङसँगै आवश्यक सबै रिपोर्ट तयार पार्नु पर्नेछ। यस्तै छनोट भएको कम्पनीले ६ महिनामा अन्डरपासको डिजाइन तयार पार्ने सडक विभाग जनाएको छ। डिजाइन तयार भएपछि निर्माणको प्रक्रिया अघि बढाउने विभागको तयारी छ।
निर्माण थालेको तीन वर्षमा सञ्चालनमा ल्याउने गरी योजना तयार परिएको छ। यो अन्डरपास बनाउन एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
काठमाडौंको जाम हटाउन सडक विस्तारसँगै अन्डरपासहरुको निर्माण गर्नुपर्ने भन्दै विभागका प्राविधिकहरुले आवश्यक ठाउँहरु अध्ययन गरिरहेका छन्। बानेश्वरमा मध्य-लेनहरुबाट माइतीघर-तीनकुने खण्डमा आउजाउ गर्ने सवारीलाई अन्डरपास प्रयोगको सुविधा दिने गरी निर्माण गर्ने योजना हो। यसको लम्बाई १.४७ किलोमिटर रहने छ। उक्त अण्डरपास तीनकुने पट्टिको वाग्मति पुलदेखि माइतीभरपट्टिको धोवीखोला पुलसम्म निर्माण हुने विभागले जनाएको छ।
बानेश्वरमा यसअघि पनि अन्डरपास निर्माणका लागि डिजाइन गरिएको थियो। पुरानो बानेश्वरबाट शंखमुल जानेतर्फ अण्डरपास बन्ने गरी डिजाइन गरिए पनि योजना अघि बढेन। विभागले सवारीको चाप बढी हुने खण्डमै अण्डरपास बनाउनुपर्ने निष्कर्ष निकालेर नयाँ डिजाइन गर्नका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको हो।
कोटेश्वरमा भने पहिलेकै परामर्शदाताले तयार पारेअनुसार अण्डरपास बनाउने योजना विभागको छ। दुवै अण्डरपास स्वदेशी लगानीमै निर्माण गर्ने तयारी भएको छ। चारतिरका बाटोको दुवै चोक अहिले काठमाडौंमा सबैभन्दा धेरै जाम हुने क्षेत्रका रूपमा छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…