टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु

काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल, खड्कागाउँमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सुन्दरीजलका अन्दाजी नौ वर्षीया श्रेया तामाङ र चार वर्षीया सृष्टि तामाङ छन् । उनीहरू दिदीबहिनी हुन् ।

घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
बा४ख ६९६५ नम्बरको टिपरले तामाङ र उनकी छोरीहरू सवार बा५१प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago