पोखरा: कास्कीको पोखरा महानगरपालिका–८, सभागृहचोकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
स्कुटरचालक पोखरा महानगरपालिका–१८ की १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
आज बिहान करिब ६ बजे ना६ख ४७२५ नम्बरको ट्रकले ग१४प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइते भएका स्कुटरमा सवार पोखरा–१० की १८ वर्षीया मीना गुरुङ र पोखरा–१८ की कमला पाइजाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उक्त ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…