काठमाडौँ: वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन् ।
मंगलबार पनि एक दर्जन आन्तरिक उडान कटौती भएका थिए । भिजिबिलिटी घट्दा सोमबार ८ वटा उडान रद्द भएकामा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने र फर्किने १२ उडान स्थगन गरिए । तीन दिनयता तालिकाभन्दा कम्तीमा डेढ घण्टादेखि तीन घण्टासम्म उडान डिले (ढिलाइ) भएको वायु सेवाहरूले जनाएका छन् ।

निजी वायु सेवाले काठमाडौंबाट भद्रपुर, विराटनगर, लुक्लालगायत पहाडी स्थानका लागि तोकेका उडान स्थगन गरेका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार समयमै उडान रद्दबारे यथार्थ जानकारी दिने प्रणाली नहुँदा विमानस्थलमा यात्रुको चाप अत्यधिक छ । ‘काठमाडौं विमानस्थलको आकाशमा तुवाँलोको मात्रा बढ्दा जहाजका लागि आवश्यक भिजिबिलिटी आइतबारयता निरन्तर घट्दो छ । यसका कारण आन्तरिक उडानका पाइलटले आँखाले हेरेर उडान गरिने प्रणाली (भीएफआर) को साटो उपकरणको सहायताले गरिने प्रणाली (आईएफआर) को भर पर्नुपर्ने बाध्यता छ,’ सिटौलाले भने ।
विमानस्थलको एयर ट्राफिक डिभिजन प्रमुख सीताराम भण्डारीका अनुसार उपकरणमा भर पर्दा एटीसीले एउटा जहाज उडेपछि ६ मिनेटपछि मात्रै अर्को जहाजलाई टेक अफ अनुमति दिनुपरिरहेको छ । भीएफआरमा कम्तीमा २ मिनेटको अन्तरमा एकपछि अर्को जहाज उडाउन मिल्छ । यसबाट प्रतिघण्टा ३३ वटासम्म जहाज उड्न सक्छन् । बिहान ६ बजेबाट खुला हुने विमानस्थल राति साढे १२ बजे बन्द हुन्छ । काठमाडौं बाहिरका विमानस्थल बिहान ६ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुन्छन् । अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल प्रवक्ता सिटौलाले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago